भारतलाई सहयोग गर्न विश्व समुदायसँग प्रियांकाको अनुरोध

२०७८ बैशाख १७ गते, शुक्रबार

एजेन्सी । कोरोनाको दोस्रो लहरसँगै बढ्दो मृत्युदरसँग लडिरहेको भारतका लागि बलिउड अभिनेत्री प्रियांका चोपडाले सहयोग मागेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले भारतको गम्भीर अवस्थाको वर्णन गर्दै सहयोगका लागि अनुरोध गरेकी हुन् ।
ुम अहिले लन्डनमा छु । मेरा साथीभाइ र परिवारबाट सुन्दैछु भारतको अस्पताल कोभिडका बिरामीले भरिभराउ छन् । आइसीयु खाली छैन । एम्बुलेन्स उस्तै अस्तव्यस्त छन् । अक्सिजनको अभाव छ । अत्यधिक मृत्युले शव जलाउन हम्मेहम्मे परेको छ । भारत मेरो घर हो र अहिले त्यहाँको अवस्था नाजुक छ,ु उनले भिडियोमा भनेकी छिन् । भिडियोमार्फत् उनले भारतलाई तत्काल सहयोगको खाँचो परेको उनले बताएकी छिन् ।
ुभारतको यस्तो अवस्थालाई विश्व समुदायले ध्यान दिन आवश्यक छ । किन त्यहाँ सहयोगको खाँचो छ म भन्छु( जबसम्म कोही सुरक्षित हुँदैन अरु पनि सुरक्षित हुन सक्दैनन् । त्यसैले आफ्नो स्रोत र शक्तिको प्रयोग गरेर यो महामारीलाई रोकौं,ु उनले भनेकी छिन्, ुकृपया सहयोग गर्नुहोस् । मलाई थाहा छ भारतमा यस्तो परिस्थिति किन आयो भनेर धेरै सोच्दै हुनुहुन्छ । त्यसबारे पछि बहस गरौंला तर अहिले तत्काल त्यहाँ सहयोगको खाँचो छ । अहिले भारतलाई तपाईंको खाँचो छ ।
उनले भारतको लागि राहत संकलन गर्न ुगिभ इन्डियाु फन्ड पनि बनाएकी छन् । तपाईंको सानो सहयोगले ठूलो फरक पार्नेछ । ६३ लाख बढीले मलाई फलो गर्नुभएको छ । एक लाखले मात्रै १० डलर सहयोग गर्नुभयो भने १० लाख हुन्छ, उनले इन्स्टाग्राममा लेखेकी छिन् । यसअघि पनि भारतलाई सहयोग आवश्यक पर्दा प्रियांकाले बोल्दै आएकी थिइन् ।

357 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal