भारतलाई सहयोग गर्न विश्व समुदायसँग प्रियांकाको अनुरोध

२०७८ बैशाख १७ गते, शुक्रबार

एजेन्सी । कोरोनाको दोस्रो लहरसँगै बढ्दो मृत्युदरसँग लडिरहेको भारतका लागि बलिउड अभिनेत्री प्रियांका चोपडाले सहयोग मागेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले भारतको गम्भीर अवस्थाको वर्णन गर्दै सहयोगका लागि अनुरोध गरेकी हुन् ।
ुम अहिले लन्डनमा छु । मेरा साथीभाइ र परिवारबाट सुन्दैछु भारतको अस्पताल कोभिडका बिरामीले भरिभराउ छन् । आइसीयु खाली छैन । एम्बुलेन्स उस्तै अस्तव्यस्त छन् । अक्सिजनको अभाव छ । अत्यधिक मृत्युले शव जलाउन हम्मेहम्मे परेको छ । भारत मेरो घर हो र अहिले त्यहाँको अवस्था नाजुक छ,ु उनले भिडियोमा भनेकी छिन् । भिडियोमार्फत् उनले भारतलाई तत्काल सहयोगको खाँचो परेको उनले बताएकी छिन् ।
ुभारतको यस्तो अवस्थालाई विश्व समुदायले ध्यान दिन आवश्यक छ । किन त्यहाँ सहयोगको खाँचो छ म भन्छु( जबसम्म कोही सुरक्षित हुँदैन अरु पनि सुरक्षित हुन सक्दैनन् । त्यसैले आफ्नो स्रोत र शक्तिको प्रयोग गरेर यो महामारीलाई रोकौं,ु उनले भनेकी छिन्, ुकृपया सहयोग गर्नुहोस् । मलाई थाहा छ भारतमा यस्तो परिस्थिति किन आयो भनेर धेरै सोच्दै हुनुहुन्छ । त्यसबारे पछि बहस गरौंला तर अहिले तत्काल त्यहाँ सहयोगको खाँचो छ । अहिले भारतलाई तपाईंको खाँचो छ ।
उनले भारतको लागि राहत संकलन गर्न ुगिभ इन्डियाु फन्ड पनि बनाएकी छन् । तपाईंको सानो सहयोगले ठूलो फरक पार्नेछ । ६३ लाख बढीले मलाई फलो गर्नुभएको छ । एक लाखले मात्रै १० डलर सहयोग गर्नुभयो भने १० लाख हुन्छ, उनले इन्स्टाग्राममा लेखेकी छिन् । यसअघि पनि भारतलाई सहयोग आवश्यक पर्दा प्रियांकाले बोल्दै आएकी थिइन् ।

381 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal