सम्पति हत्याउन आफ्नै भाइले ज्यान मार्ने धम्की दिए पछि…
काठमाडौं । आफ्नै भाईले सम्पति हत्याउन जबरजस्ती कागज गर्न दबाब दिएको भन्दै रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर–५ का ७२ वर्षीय रामचन्द्र साह तेलीले आफू र आफ्नो परिवारका सदस्यहरुको जीउज्यानको सुरक्षा माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तेलीले कान्छो भाई श्यामसुन्दर साह तेलीले प्रहरी लगाएर जग्गा फिर्ता गर्न दबाब दिएर सम्पूर्ण परिवारको ज्यान मार्ने धम्की दिँदै आएको सुनाएका हुन् ।
‘हामी सबै परिवार ६ महिनादेखि बाहिरै–बाहिरै भागेका छौ ।’ तेलीले भने,‘झुटा मुद्दा चलाउन प्रहरीले धम्की दिइरहेको छ ।’ उनले बाहिर बस्दा प्रहरीले फोन गरेर घरमा बोलाउने र घरमा जाँदा प्रहरीले नै जग्गा फिर्ता गर्न दबाब दिने गरेको पनि गुनासो पोखे । तेलीले भने,‘यो जग्गा मेरो बुवाले मेरी श्रीमती (बुहारी) को नाममा स्याहारसुसारवापत दिएको जग्गा हो ।’ बि.सं. २०७१ सालमा बुवा रामदेव साह तेलीले आफ्नी श्रीमती शान्तिदेवी तेलीलाई आफूहरुको स्याहारसुसार गरेवापत पाँच विघा जग्गा पास गरिदिएको रामचन्द्रले स्मरण गराए ।
रामचन्द्र साह तेलीले अंशवण्डा भएको करिब २६ वर्ष पछि भाई श्यामसुन्दर साह तेली र उनका तीन जना ज्वाँईहरू राजिव साह, विनोद प्रसाद साह र रविन्द्र प्रताप साहले आफू र आफ्ना परिवारका सदस्यहरुको ज्यान मार्ने धम्की दिएको सुनाए । २०६१ सालमा माओवादी द्धन्द्धकालमा चन्दाको प्रलोभनमा पारी भाईले बुवा र मसँग जबरजस्ती कागज गराएको र बुवाको निधनपछि फिर्ता गर्ने शर्तनामा बनाएको पनि उनले स्मरण गराए । उनले भने,‘तत्कालिन माओवादी पार्टीका केही व्यक्तिहरु ल्याई घरसमेत घेरा हाली सम्पूर्ण परिवारको ज्यान मार्ने धम्की दिएपछि डराएर वुवा रामदेव साह तेली र मैले दबाबमा जवरजस्ती सहमतिको कागजमा सहि गरेका थियौं ।’
कार्यक्रममा रामचन्द्र साह तेलीका २९ वर्षीया छोरा रामगोविन्द साह तेलीले काकासँग २०३५ सालमा बुवाहरुको अंशवण्डा भएको र भिन्न भई बस्दै आएको बताए । तेलीले आफुसँग बस्दै आएका हजुरबुवा रामदेव साह तेलीको २०७५ सालमा मृत्यु भएको जानकारी दिए । उनले भने,‘२०५८÷०५९ सालमा हजुरबुवाले काका श्यामसुन्दर र उनकी छोरी रञ्जु साहलाई दुई विघा १५ कठ्ठा जग्गा अंश दिएका थिए । तर, बुवाहरुको अंशबण्डा त २०३५ सालमै भएको थियो ।’
उनले सोही कागजकै आधारमा करिब १६ वर्षपछि जिल्ला प्रशासन कार्यालय, रौतहटमा राजनीतिक दवावमा काकाले कथित उजुरी दर्ता गराएको सुनाए । उनले श्यामसुन्दर साह तेलीकी पत्नि मिना कुमारी देवीले आफुमाथि रौतहट जिल्ला अदालतमा अंश चलन र श्यामसुन्दर साह तेलीले अबण्डा जग्गा वण्डा दुषित लिखत बदर गरी पाऊँ भनी मुद्दा दायर गरेको बताए ।
राजनितिक दवावमा नितान्त निजि स्वास्र्थको लागि २०७७ मंसिर महिनामा आफुलाई प्रहरीले पक्राउ गरेको बताए । उनले भने, ‘करिव ५÷६ महिना अर्थात २०७७ मंसिर महिना देखी नै सबै परिवारलाई तनावमा वाँच्न वाध्य बनाएको छ ।’
उक्त जग्गाविवादसम्बन्धी मुद्दा जिल्ला अदालत, रौतहटले हेरिरहेको पनि उनले सुनाए । उनले भने,‘दुई वर्षदेखि मुद्दा चलिरहेको छ । फैसला भएको छैन् । सिडिओले नै उल्टै आफूहरुमाथि झुठा मुद्दामा फसाएर भित्र हाल्छु भन्नुभयो ।’ रौतहटका सिडिओ ईन्द्रदेव यादव आफ्ना काका श्याम सुन्दरसँग मिलेको आरोप छ ।
उनले परिवमार बुवा, आमा, दुई दाजुभाई, श्रीमती रहेको सुनाए । र, अहिले आमा दिदिको घर रौतहटमै बसेको र आफू र बुवा काठमाडौंमा दाजुसँग डेरामा बस्दै आएको सुनाए । र, उनले आफ्नी श्रीमती भने माईतीमा रहेको जनाए । उनले सरकारसमक्ष आफ्नो परिवारका सदस्यहरुको शान्ति, सुरक्षा र जीउज्यानको सुरक्षा पाउँ भन्दै गुहार गरेका छन् ।
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





