विदेशबाट आउनेले दश दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौँ । कोभिड–१९ संक्रमण नियन्त्रण गर्न सरकारले आजदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाका बेला पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने हुने छन् । तर जहाज चढ्न र ओर्लिने बित्तिकै गन्तव्यमा पुग्न भने सजिलो छैन । यात्रुहरुलाई आन्तरिक उडानतर्फ जहाजमा पहिले जस्तो फेस सिल्डसहित मास्क, सेनिटाइजर अनिवार्य गरिएको छ । प्रत्येक उडानपछि जहाज तथा ब्यागेजलाई निसंक्रमित गर्नुपर्ने छ, चेक–इन बोर्डिङ, ब्यागेज क्लेम, प्रतीक्षालायमा हुने भीडभाडमा भने रोक लगाइएको छ ।
कुनै पनि विदेशीले सजिलै नेपालबाट तेस्रो मुलुक जान पाउने छैनन् । भारतीय वा अन्य मुलुकबाट नेपाल आएकाले अर्को (तेस्रो) मुलुक प्रस्थानको अनुमति नपाउने अध्यागमन विभागका निर्देशक झकनाथ ढकालले बताएका छन् । मन्त्रिपरिषद्ले सोमबार गरेको यो निर्णयअघि नै नेपाल आइसकेका विदेशी नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा स्थलमार्गबाट बाहिरिन चाहे सरकार र मातहतका निकायले रोक्न नपाउने उनले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानलगायत केही मुलुकका लागि ट्रान्जिट विन्दु पनि भएकोले विभागले ट्रान्जिटमा रोक लगाइएको सूचना जारी गरेको छ । चिनियाँ र भारतीय बाहेक अन्य विदेशीलाई स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाइएको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्ट देखाउनुपर्ने र त्यस्तै १० दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । स्थानीय प्रशासनलाई यी दुई विषयको प्रमाण देखाएका आधारमा नेपालभित्र भारतीय नागरिकले सडकमार्गबाट प्रवेश पाउनेछन् । सडकमार्ग हुँदै आउने चिनियाँ नागरिकले पनि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र नेपाली होटलमा १० दिन बस्ने बुकिङ अनिवार्य देखाउनुपर्नेछ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





