विदेशबाट आउनेले दश दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

२०७८ बैशाख १६ गते, बिहीबार

काठमाडौँ । कोभिड–१९ संक्रमण नियन्त्रण गर्न सरकारले आजदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाका बेला पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने हुने छन् । तर जहाज चढ्न र ओर्लिने बित्तिकै गन्तव्यमा पुग्न भने सजिलो छैन । यात्रुहरुलाई आन्तरिक उडानतर्फ जहाजमा पहिले जस्तो फेस सिल्डसहित मास्क, सेनिटाइजर अनिवार्य गरिएको छ । प्रत्येक उडानपछि जहाज तथा ब्यागेजलाई निसंक्रमित गर्नुपर्ने छ, चेक–इन बोर्डिङ, ब्यागेज क्लेम, प्रतीक्षालायमा हुने भीडभाडमा भने रोक लगाइएको छ ।
कुनै पनि विदेशीले सजिलै नेपालबाट तेस्रो मुलुक जान पाउने छैनन् । भारतीय वा अन्य मुलुकबाट नेपाल आएकाले अर्को (तेस्रो) मुलुक प्रस्थानको अनुमति नपाउने अध्यागमन विभागका निर्देशक झकनाथ ढकालले बताएका छन् । मन्त्रिपरिषद्ले सोमबार गरेको यो निर्णयअघि नै नेपाल आइसकेका विदेशी नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा स्थलमार्गबाट बाहिरिन चाहे सरकार र मातहतका निकायले रोक्न नपाउने उनले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानलगायत केही मुलुकका लागि ट्रान्जिट विन्दु पनि भएकोले विभागले ट्रान्जिटमा रोक लगाइएको सूचना जारी गरेको छ । चिनियाँ र भारतीय बाहेक अन्य विदेशीलाई स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाइएको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय नागरिकले यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ रिपोर्ट देखाउनुपर्ने र त्यस्तै १० दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । स्थानीय प्रशासनलाई यी दुई विषयको प्रमाण देखाएका आधारमा नेपालभित्र भारतीय नागरिकले सडकमार्गबाट प्रवेश पाउनेछन् । सडकमार्ग हुँदै आउने चिनियाँ नागरिकले पनि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र नेपाली होटलमा १० दिन बस्ने बुकिङ अनिवार्य देखाउनुपर्नेछ ।

253 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal