भारतमा एकैदिन थपिए ३ लाख ४९ हजार संक्रमित, २७ सय भन्दा बढी मानिसको मृत्यु

२०७८ बैशाख १२ गते, आईतवार

काठमाडौं । वैशाख । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६९ लाख ६० हजार नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७६१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९२ हजार ३१० जना भन्दा बढी भइसकेको छ ।
भारतमा हालसम्म १४ लाख ७८ हजार भन्दा बढी संक्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टाको विवरण अनुसार २६ लाख ८१ हजार ३७८ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
अघिल्लो दिन भारतमा ३ लाख ४५ हजार भन्दा बढी जनामा संक्रमण पुष्टि हुँदा २ हजार ६०० भन्दा बढीले ज्यान गुमाएका थिए । अत्याधिक संक्रमितसँगै अस्पतालहरुमा बेड तथा अत्यावश्यक अक्सिजनको चरम अभावको अवस्था सृजना भएको छ ।
अस्पतालमा संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यस्तै अन्तिम संस्कारका लागि पनि लामो समय पालो पर्खनु पर्ने अवस्था छ । एजेन्सी

240 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal