भारतमा एकैदिन थपिए ३ लाख ४९ हजार संक्रमित, २७ सय भन्दा बढी मानिसको मृत्यु

काठमाडौं । वैशाख । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६९ लाख ६० हजार नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७६१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९२ हजार ३१० जना भन्दा बढी भइसकेको छ ।
भारतमा हालसम्म १४ लाख ७८ हजार भन्दा बढी संक्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टाको विवरण अनुसार २६ लाख ८१ हजार ३७८ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
अघिल्लो दिन भारतमा ३ लाख ४५ हजार भन्दा बढी जनामा संक्रमण पुष्टि हुँदा २ हजार ६०० भन्दा बढीले ज्यान गुमाएका थिए । अत्याधिक संक्रमितसँगै अस्पतालहरुमा बेड तथा अत्यावश्यक अक्सिजनको चरम अभावको अवस्था सृजना भएको छ ।
अस्पतालमा संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यस्तै अन्तिम संस्कारका लागि पनि लामो समय पालो पर्खनु पर्ने अवस्था छ । एजेन्सी
ताजा

आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार