पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ सार्वजनिक

२०७८ बैशाख १२ गते, आईतवार

काठमाडौं । गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न सामाजिक परिस्थितिका कारण अशान्त मनको प्रभावमा पनि मन शान्त होस्, दृढ होस् भन्ने भावले यो गीत सृजना गरेको सर्जक पुष्पराजले बताउनु भएको छ ।
म्यूजिक भिडियो लोकार्पण गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सिनेपत्रकार विजयरत्न असंबरेले गीत सुन्दर बनेकोले लोकप्रिय हुनेमा आशावादी रहेको बताउनु भयो ।
कार्यक्रममा अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष एवं कलाकार सुरजवीर बज्राचार्यले यहि सुन्दर गीतको माध्यमबाट प्रतिभाशाली कलाकार पुष्पराज शाक्यको नेपाली सांगीतिक क्षेत्रमा सुखद उपस्थिति बनोस् भनी शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा अतिथि निर्देशक सुरेन्द्र तुलाधरले गीतको प्राविधिक पक्षको समेत तारिफ गर्दै सर्जक पुष्पराजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा ज्योति रेकर्डस्मा रेकर्ड भएको यस गीतको मिक्सिङ फिरोज बज्राचार्यले गर्नुभएको हो । वाद्यवादकहरु सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायाँकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गर्नुभएको हो ।
सि–लभ रेष्ट्रो एण्ड बार कनिबहालमा आयोजित कार्यक्रममा गीत तथा म्यूजिक भिडियो निर्माणमा सघाएका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

570 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal