पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ सार्वजनिक
काठमाडौं । गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न सामाजिक परिस्थितिका कारण अशान्त मनको प्रभावमा पनि मन शान्त होस्, दृढ होस् भन्ने भावले यो गीत सृजना गरेको सर्जक पुष्पराजले बताउनु भएको छ ।
म्यूजिक भिडियो लोकार्पण गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सिनेपत्रकार विजयरत्न असंबरेले गीत सुन्दर बनेकोले लोकप्रिय हुनेमा आशावादी रहेको बताउनु भयो ।
कार्यक्रममा अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष एवं कलाकार सुरजवीर बज्राचार्यले यहि सुन्दर गीतको माध्यमबाट प्रतिभाशाली कलाकार पुष्पराज शाक्यको नेपाली सांगीतिक क्षेत्रमा सुखद उपस्थिति बनोस् भनी शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा अतिथि निर्देशक सुरेन्द्र तुलाधरले गीतको प्राविधिक पक्षको समेत तारिफ गर्दै सर्जक पुष्पराजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा ज्योति रेकर्डस्मा रेकर्ड भएको यस गीतको मिक्सिङ फिरोज बज्राचार्यले गर्नुभएको हो । वाद्यवादकहरु सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्यूजिक भिडियोको छायाँकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गर्नुभएको हो ।
सि–लभ रेष्ट्रो एण्ड बार कनिबहालमा आयोजित कार्यक्रममा गीत तथा म्यूजिक भिडियो निर्माणमा सघाएका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





