प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ–मन्त्री केसी

२०७७ चैत्र २९ गते, आईतवार

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताए । उनले केन्द्रको राजनीति प्रदेशमा स्वाभाविक रुपमा पर्ने भएकाले प्रदेश सरकार पनि परिवर्तन हुने बताए ।
आज आइतबार बुटवलमा रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रिय राजनीति प्रदेशमा पनि हावी भएकाले प्रदेश सरकार परिवर्तन हुन सक्ने जिकिर गरे । प्रदेशमा राजनीति छलफल विधि र विधान भित्र बसेर भएकोले छिट्टै निकास निस्कने बताए ।
उनले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रिय राजनीति तल्लो तहसम्म हावी रहेको दाबी गरे । उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको बताए ।
प्रदेशमा मिडियाका समस्या समाधानका लागी तीन प्रकारले वर्गीकरण गरेर काम गर्ने योजना रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता,सामुदायिक संचार र पत्रकार सम्वद्ध संघसंस्थाहरुलाई छुट्टाएर काम गर्ने तयारी भइरहेको जानकारी दिए । मुलुकको यो अस्थिर अवस्थामा मिडियाको अहम भुमिका रहेको बताउदै नवनिर्वाचित पदाधकारीहरुलाई जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारसगँ सहकार्य गरेर पत्रकारका मुद्धाहरुलाई समाधान गर्ने बताए । प्रदेश सरकारको गुरुयोजना भित्र पत्रकार महासंघको भवन निर्माण गर्न पहल गर्ने बताए ।
त्यस्तै रुपन्देही पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल पत्रकार सबैको जीत भएकोले सबैले अपनत्व हुने गरी पत्रकार महासंघ अघि बढ्ने बताए । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोलले सबै पत्रकारको क्षमता बृद्धि गर्न विशेष पहल गर्ने बताइन ।

312 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal