वैशाख १ मा ४५२ लाई विभूषित हुँदै

२०७७ चैत्र २९ गते, आईतवार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उहाँहरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ ।
उक्त समितिमा गृहमन्त्री रामबहादुर थापा, प्राडा मीना वैद्य, प्राडा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने हुनुहुन्छ ।
राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावमध्येबाट मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थियो ।
यस्तै विभिन्न मुलुकले तीन जना नेपाली राष्ट्रसेवक तथा नागरिकलाई विभिन्न प्रकारका विभूषण प्रदान गर्न स्वीकृतिका लागि सिफारिस भएको थियो । नेपाल सरकार मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार विसं २०७७ असोज ३ गते संंविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई आगामी वैशाख १ गते विभूषित गरिने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । (रासस)

86 Views

ताजा

घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी

२०७९ जेष्ठ ५ गते, बिहीबार

घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी

२०७९ जेष्ठ ५ गते, बिहीबार

तालमेलका कारण निर्वाचन परिणाम उत्साहजनक आयोः शर्मा

२०७९ जेष्ठ ५ गते, बिहीबार

चाँनगुनारायण– ७ मा राप्रपाबाट श्रेष्ठ विजयी

२०७९ जेष्ठ ५ गते, बिहीबार

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

बाँसगढी नगरपालिकामा एमाले विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि

२०७९ जेष्ठ ४ गते, बुधबार

मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर

२०७९ जेष्ठ ४ गते, बुधबार

भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए

२०७९ जेष्ठ ४ गते, बुधबार

लोकप्रिय

मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही

२०७९ बैशाख २७ गते, मंगलवार

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal