काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर
काभ्रे । नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ ।
आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको वडाध्यक्ष धर्म लामाले बताए । ुआगलागी नियन्त्रण बाहिर गइसेकको छ, अब पुनः सबै मिलेर नियन्त्रणमा लाग्ने तयारीमा गर्दैछौँु, उनले भने । उनका अनुसार अहिले ल्याँसे जङ्गलमा ठूलाठूला आगो र धुँवाको मुस्लो देखिएको छ ।
आगलागी भएको जङ्गल छेउछाउ मानव बस्ती नभए पनि बारी र दुईरचार सङ्ख्यामा गोठ रहेको लामाले बताए । उनले भने, ुस्थानीयवासी निकै त्रसित अवस्थामा रहेका छन् ।ु उनले आगलागी फैलिएर मानव बस्तीतिर आउसक्ने देखिए जिल्लास्थित विपद्(उद्धार समितिमार्फत थप उपकरणसहित सहयोगी जनशक्ति ल्याइने बताए ।
काँक्रेको आगलागीसमेत गरी दुई महिनाको अवधिमा काभ्रेपलाञ्चोकको विभिन्न ३३ सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय धुलिखेलका अनुसार फागुन महिनाको पहिलो सातादेखि चैतको अन्तिम सातासम्म ३२ वन क्षेत्रको ६५० हेक्टरमा डढेलो लागेको हो । काँक्रेबाहेक सबै आगलागी नियन्त्रणमा आइसकेको कार्यालयले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत न्हुच्छेमान श्रेष्ठका अनुसार फागुन पहिलो साता भुम्लु गाउँपालिका(४ स्थित लाँकुर भलभुले, चापानी, धारापानी र लाम्राङ आहालडाँडा सामुदायिक वनमा आगलागी भएको थियो ।
त्यसलगत्तै भुम्लुकै वडा नं ५ स्थित छेकर्पा र फागरखोला सामुदायिक वन तथा वडा नं ९ को घट्टेखोला सामुदायिक वन, चौँरीदेउराली गाउँपालिका–१ स्थित साँगास्वती, वडा नं ७ को मादन सल्लेरी सामुदायिक वनमा आगलागी भएको थियो । खानीखोला गाउँपालिका(५ को फर्लेक धारपानी र गोल्मे सामुदायिक वन, पनौती नपा(५ चौकोटस्थित गैह्रीगाउँ, नमोबुद्ध नपा(३ को चरुवा सामुदायिक वन, मण्डनदेउपुर नपा(११ स्थित जैसिथोक सामुदायिक वन, वडा नं ९ को जुकेपानी, घ्याम्पेपानी र पौवा सामुदायिक वनमा डढेलो लागेको कार्यालयले जनाएको छ ।
यसैगरी बेथानचोक गाउँपालिका–५ र ६ वडास्थित राष्ट्रिय वन क्षेत्र तथा ५ नं वडाको दक्षिण भारत, चिसापानी सामुदायिक वन, ३ नं वडास्थित नारायणस्थान र गोरखनाथ सामुदायिक वन, २ नं वडाको जनजागृति, महाँकाल, पाट्नेखोला, खहरे, डुकुल्चे र अमिलचौर सामुदायिक वन क्षेत्रमा डढेलो लागेको सहायक वन अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँचखाल नपा(९ को सिम्ले लामीडाँडा र भान्छेपोखरी सामुदायिक वन, महाभारत गाउँपालिका(४ स्थित सार्दुङमुलेङ्ख सामुदायिक वन तथा ५ नं वडास्थित दुङ्गरीपाखा सामुदायिक वनमा डढेलो लागेको थियो ।
काभ्रेपलाञ्चोकको नौ स्थानीय तहका जङ्गलमा आगलागी भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा जनाइएअनुसार पाँच वर्षयता धेरै जङ्गल क्षेत्र तथा भू(भागमा डढेलो लागेको हो । तथ्याङ्कमा सबैभन्दा बढी बेथानचोक गाउँपालिकाको २९ हेक्टर, भुम्लुको १४५ हेक्टर, खानीखोलाको ९० हेक्टर, चौँरीदेउरालीको ७८ हेक्टर, महाभारतको ३३ हेक्टर जङ्गलमा डढेलो लागेको उल्लेख गरिएको छ । साथै पनौती नगरको २५ हेक्टर, मण्डनदेउपुर नगरको २२ हेक्टर, नमोबुद्ध नगरको पाँच र पाँचखाल नगरको तीन हेक्टर जङ्गलमा आगलागी भएको थियो ।
डढेलोबाट विशेषगरी जङ्गलमा रहेका साना बोट(बिरुवाका साथै वन्यजन्तु विस्थापनमा परेको कार्यालयले जनाएको छ । आगलागी भएका केही जङ्गलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएको जनाइएको छ । विगतका वर्षको तुलनामा यस वर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
पाँच वर्षअघि यही समयमा काभे्रपलाञ्चोकका विभिन्न सामुदायिक वनको डढेलोले करिब एक हजार ३०० हेक्टर क्षेत्र नष्ट भएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार विसं २०७२ को फागुनदेखि वैशाखसम्मको डढेलोले जिल्लाको दक्षिणी महाभारत पहाड शृङ्खलामा बढी क्षति पुर्याएको थियो । त्यसबेला महाभारत क्षेत्रको २५० हेक्टर, जनागाल क्षेत्रको ५५ हेक्टर, नारायणस्थान क्षेत्रमा ६० हेक्टर, खोपासी क्षेत्रमा ३३९ हेक्टर र चौबासमा ७० हेक्टर सामुदायिक वनमा डढेलो लागेको थियो ।
वन कर्मचारीप्रति बदलाको भावना, जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जङ्गलीजन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । त्यसयता सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानी(नोक्सानी र कानूनी व्यवस्थाका बारेमा माइकिङसमेत गर्दै आएको छ । रासस
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





