काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर
काभ्रे । नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ ।
आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको वडाध्यक्ष धर्म लामाले बताए । ुआगलागी नियन्त्रण बाहिर गइसेकको छ, अब पुनः सबै मिलेर नियन्त्रणमा लाग्ने तयारीमा गर्दैछौँु, उनले भने । उनका अनुसार अहिले ल्याँसे जङ्गलमा ठूलाठूला आगो र धुँवाको मुस्लो देखिएको छ ।
आगलागी भएको जङ्गल छेउछाउ मानव बस्ती नभए पनि बारी र दुईरचार सङ्ख्यामा गोठ रहेको लामाले बताए । उनले भने, ुस्थानीयवासी निकै त्रसित अवस्थामा रहेका छन् ।ु उनले आगलागी फैलिएर मानव बस्तीतिर आउसक्ने देखिए जिल्लास्थित विपद्(उद्धार समितिमार्फत थप उपकरणसहित सहयोगी जनशक्ति ल्याइने बताए ।
काँक्रेको आगलागीसमेत गरी दुई महिनाको अवधिमा काभ्रेपलाञ्चोकको विभिन्न ३३ सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय धुलिखेलका अनुसार फागुन महिनाको पहिलो सातादेखि चैतको अन्तिम सातासम्म ३२ वन क्षेत्रको ६५० हेक्टरमा डढेलो लागेको हो । काँक्रेबाहेक सबै आगलागी नियन्त्रणमा आइसकेको कार्यालयले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत न्हुच्छेमान श्रेष्ठका अनुसार फागुन पहिलो साता भुम्लु गाउँपालिका(४ स्थित लाँकुर भलभुले, चापानी, धारापानी र लाम्राङ आहालडाँडा सामुदायिक वनमा आगलागी भएको थियो ।
त्यसलगत्तै भुम्लुकै वडा नं ५ स्थित छेकर्पा र फागरखोला सामुदायिक वन तथा वडा नं ९ को घट्टेखोला सामुदायिक वन, चौँरीदेउराली गाउँपालिका–१ स्थित साँगास्वती, वडा नं ७ को मादन सल्लेरी सामुदायिक वनमा आगलागी भएको थियो । खानीखोला गाउँपालिका(५ को फर्लेक धारपानी र गोल्मे सामुदायिक वन, पनौती नपा(५ चौकोटस्थित गैह्रीगाउँ, नमोबुद्ध नपा(३ को चरुवा सामुदायिक वन, मण्डनदेउपुर नपा(११ स्थित जैसिथोक सामुदायिक वन, वडा नं ९ को जुकेपानी, घ्याम्पेपानी र पौवा सामुदायिक वनमा डढेलो लागेको कार्यालयले जनाएको छ ।
यसैगरी बेथानचोक गाउँपालिका–५ र ६ वडास्थित राष्ट्रिय वन क्षेत्र तथा ५ नं वडाको दक्षिण भारत, चिसापानी सामुदायिक वन, ३ नं वडास्थित नारायणस्थान र गोरखनाथ सामुदायिक वन, २ नं वडाको जनजागृति, महाँकाल, पाट्नेखोला, खहरे, डुकुल्चे र अमिलचौर सामुदायिक वन क्षेत्रमा डढेलो लागेको सहायक वन अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँचखाल नपा(९ को सिम्ले लामीडाँडा र भान्छेपोखरी सामुदायिक वन, महाभारत गाउँपालिका(४ स्थित सार्दुङमुलेङ्ख सामुदायिक वन तथा ५ नं वडास्थित दुङ्गरीपाखा सामुदायिक वनमा डढेलो लागेको थियो ।
काभ्रेपलाञ्चोकको नौ स्थानीय तहका जङ्गलमा आगलागी भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा जनाइएअनुसार पाँच वर्षयता धेरै जङ्गल क्षेत्र तथा भू(भागमा डढेलो लागेको हो । तथ्याङ्कमा सबैभन्दा बढी बेथानचोक गाउँपालिकाको २९ हेक्टर, भुम्लुको १४५ हेक्टर, खानीखोलाको ९० हेक्टर, चौँरीदेउरालीको ७८ हेक्टर, महाभारतको ३३ हेक्टर जङ्गलमा डढेलो लागेको उल्लेख गरिएको छ । साथै पनौती नगरको २५ हेक्टर, मण्डनदेउपुर नगरको २२ हेक्टर, नमोबुद्ध नगरको पाँच र पाँचखाल नगरको तीन हेक्टर जङ्गलमा आगलागी भएको थियो ।
डढेलोबाट विशेषगरी जङ्गलमा रहेका साना बोट(बिरुवाका साथै वन्यजन्तु विस्थापनमा परेको कार्यालयले जनाएको छ । आगलागी भएका केही जङ्गलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएको जनाइएको छ । विगतका वर्षको तुलनामा यस वर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
पाँच वर्षअघि यही समयमा काभे्रपलाञ्चोकका विभिन्न सामुदायिक वनको डढेलोले करिब एक हजार ३०० हेक्टर क्षेत्र नष्ट भएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार विसं २०७२ को फागुनदेखि वैशाखसम्मको डढेलोले जिल्लाको दक्षिणी महाभारत पहाड शृङ्खलामा बढी क्षति पुर्याएको थियो । त्यसबेला महाभारत क्षेत्रको २५० हेक्टर, जनागाल क्षेत्रको ५५ हेक्टर, नारायणस्थान क्षेत्रमा ६० हेक्टर, खोपासी क्षेत्रमा ३३९ हेक्टर र चौबासमा ७० हेक्टर सामुदायिक वनमा डढेलो लागेको थियो ।
वन कर्मचारीप्रति बदलाको भावना, जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जङ्गलीजन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । त्यसयता सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानी(नोक्सानी र कानूनी व्यवस्थाका बारेमा माइकिङसमेत गर्दै आएको छ । रासस
ताजा
बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु
२०८२ कार्तिक १६ गते, आईतवार
बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु
२०८२ कार्तिक १६ गते, आईतवार
लायन्स क्लबद्वारा कर्णालीमा न्यानो कपडा वितरण
२०८२ कार्तिक १६ गते, आईतवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





