भारतमा एकै दिन भेटिए एक लाख भन्दा धेरै संक्रमित

२०७७ चैत्र २३ गते, सोमबार

एजेन्सी । भारतमा कोरोना भाइरस महामारीको दोस्रो लहरले गम्भीर रुप लिएको छ। सोमबार एकै दिन एक लाख भन्दा बढिमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।भारतमा पछिल्लो २४ घण्टा ९सोमबार० मा एक लाख तीन हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो। महामारी सुरु भएयता एकै दिन एक लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो।
गएको सेप्टेम्बरमा दिनको झण्डै एक लाख भारतीयमा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण भारतमा ४७८ जनाको ज्यान गएको छ।
भारतमा हालसम्म कुल संक्रमितको संख्या एक करोड २५ लाख ८९ हजार भन्दा बढि पुगेको छ। अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ६५ हजार १०१ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या सात लाख ४१ हजार भन्दा धेरै छ। खोप अभियान अन्तर्गत सात करोड ९१ लाख भन्दा धेरैले खोप लगाएका छन्।
कोरोना महामारीको दोस्रो लहरबाट सबैभन्दा बढि प्रभावित भएको महाराष्ट्र राज्यले मुम्बईमा सप्तान्तमा लकडाउन र रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेको छ।
यसैबिच कोरोना भाइरसबाट संक्रमित भएका अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन्। एक दिन पहिले कोरोना संक्रमण पुष्टि भएको बताएका अभिनेता कुमारले सोमबार ट्वीट गरेर स्वास्थ्य राम्रो रहे पनि चिकित्सकको सल्लाहमा सावधानीका लागि अस्पताल भर्ना भएको बताएका हुन्।

316 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal