भारतमा एकै दिन भेटिए एक लाख भन्दा धेरै संक्रमित

२०७७ चैत्र २३ गते, सोमबार

एजेन्सी । भारतमा कोरोना भाइरस महामारीको दोस्रो लहरले गम्भीर रुप लिएको छ। सोमबार एकै दिन एक लाख भन्दा बढिमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।भारतमा पछिल्लो २४ घण्टा ९सोमबार० मा एक लाख तीन हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो। महामारी सुरु भएयता एकै दिन एक लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो।
गएको सेप्टेम्बरमा दिनको झण्डै एक लाख भारतीयमा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण भारतमा ४७८ जनाको ज्यान गएको छ।
भारतमा हालसम्म कुल संक्रमितको संख्या एक करोड २५ लाख ८९ हजार भन्दा बढि पुगेको छ। अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ६५ हजार १०१ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या सात लाख ४१ हजार भन्दा धेरै छ। खोप अभियान अन्तर्गत सात करोड ९१ लाख भन्दा धेरैले खोप लगाएका छन्।
कोरोना महामारीको दोस्रो लहरबाट सबैभन्दा बढि प्रभावित भएको महाराष्ट्र राज्यले मुम्बईमा सप्तान्तमा लकडाउन र रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेको छ।
यसैबिच कोरोना भाइरसबाट संक्रमित भएका अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन्। एक दिन पहिले कोरोना संक्रमण पुष्टि भएको बताएका अभिनेता कुमारले सोमबार ट्वीट गरेर स्वास्थ्य राम्रो रहे पनि चिकित्सकको सल्लाहमा सावधानीका लागि अस्पताल भर्ना भएको बताएका हुन्।

325 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal