सुदूरपश्चिममा भेटिए नयाँ प्रकारको कोरोनाका तीन संक्रमित

२०७७ चैत्र २३ गते, सोमबार

काठमाडौँ । भारतबाट नेपाल आएका तीन नेपालीमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सतर्कता थप कडा पारिएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।
भारतबाट आएकाहरुको परीक्षण गर्दा कोरोना संक्रमण देखिएका मध्ये २० जनाको स्वाब नमूना नयाँ भेरियन्ट रहे–नरहेको पुष्टि गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ ल्याइएको थियो ।
त्यसमध्ये तीनजनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीका अनुसार कञ्चनपुरका २२ वर्षे, डडेल्धुराका ३१ वर्षे र डोटीका ३० वर्षे पुरुषमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनीहरु तीनजना अहिले घरमै आइशोलेशनमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको कार्कीले बताएका छन् । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको प्रवक्ता कार्कीले विज्ञप्ति मार्फत जनाएका छन्।

283 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal