सुदूरपश्चिममा भेटिए नयाँ प्रकारको कोरोनाका तीन संक्रमित
काठमाडौँ । भारतबाट नेपाल आएका तीन नेपालीमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सतर्कता थप कडा पारिएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।
भारतबाट आएकाहरुको परीक्षण गर्दा कोरोना संक्रमण देखिएका मध्ये २० जनाको स्वाब नमूना नयाँ भेरियन्ट रहे–नरहेको पुष्टि गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ ल्याइएको थियो ।
त्यसमध्ये तीनजनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीका अनुसार कञ्चनपुरका २२ वर्षे, डडेल्धुराका ३१ वर्षे र डोटीका ३० वर्षे पुरुषमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनीहरु तीनजना अहिले घरमै आइशोलेशनमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको कार्कीले बताएका छन् । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको प्रवक्ता कार्कीले विज्ञप्ति मार्फत जनाएका छन्।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





