महासंघले महाधिवेशनका लागि तोक्यो केन्द्रीय प्रतिनिधि

२०७७ चैत्र २२ गते, आईतवार

काठमाडौँ । नेपाल पत्रकार महासंघले चैत २५ गते हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुनेछ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासंघले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ ।
महासंघका सचिव प्रकाश थापाका अनुसार प्रदेश नं १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन् । यस्तै प्रदेश नं २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरू सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल, लुम्विनी प्रदेशमा सचिव थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हानेछन् ।
कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर सिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मीन वम र श्याम भट्ट तथा उपत्यका प्रदेशमा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइलीलाई केन्द्रीय प्रतिनिधि तोकिएका छन् । त्यस्तै, प्रतिष्ठान र एसोसिएट प्रदेशमा थापाकै नेतृत्वमा केन्द्रीय सदस्यहरू टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङलाई जिम्मा दिइएको छ । (रासस)

508 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal