महासंघले महाधिवेशनका लागि तोक्यो केन्द्रीय प्रतिनिधि

२०७७ चैत्र २२ गते, आईतवार

काठमाडौँ । नेपाल पत्रकार महासंघले चैत २५ गते हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुनेछ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासंघले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ ।
महासंघका सचिव प्रकाश थापाका अनुसार प्रदेश नं १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन् । यस्तै प्रदेश नं २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरू सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल, लुम्विनी प्रदेशमा सचिव थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हानेछन् ।
कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर सिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मीन वम र श्याम भट्ट तथा उपत्यका प्रदेशमा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइलीलाई केन्द्रीय प्रतिनिधि तोकिएका छन् । त्यस्तै, प्रतिष्ठान र एसोसिएट प्रदेशमा थापाकै नेतृत्वमा केन्द्रीय सदस्यहरू टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङलाई जिम्मा दिइएको छ । (रासस)

530 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal