किरियाखर्च लिएर मतदाताको घरमा पुगे सांसद दवाडी
काठमाडौं । ‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइहरुकै सेवाका लागि’ भन्ने नारा बनाएर राजनीतिसँगै समाजसेवामा लागेका गोरखाको क्षेत्र नम्बर २ को (२) नम्बरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले शनिबार गोरखाको पालुङटार नगरपालिकाको सिस्नेरी पुगेर स्व. शिवराम विश्वकर्माको परिवारलाई किरियाखर्च हस्तान्तरण गरेका छन् । उनले विश्वकर्माको परिवारलाई ७ हजार रुपिँया हस्तान्तरण गरेका हुन् ।
सांसद दवाडीले खर्चको अभावमा समयमा नै उपचार गर्न नसकेर उनको ज्यान गएको पनि जनाएका छन् । काजकिरियाका लागि आफ्नो तर्फबाट धेरथोक सहयोग गरेको दवाडीको भनाई छ । त्यस्तै सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिका ३ गमबाङको एक परिवारलाई खाद्यान्न र बालबालिकालाई कलम कापी सहयोग गरेका छन् । ‘पेटभरि खान नपाएर उनका लालाबाला भोकले रातभरि रोएरै बिताउँछन् भन्ने खवरले असहय पीडा भयो’ उनले फेसबुक स्टाटसमा लेखेका छन् ‘आर्थिक अभावका कारण ती बालबालिका कापीकलम नलिइकन स्कुल जाने गरेका छन् भन्ने सुनेपछि भावुक भएँ । हुन त यति थोरै सहयोगले उनीहरुको दुःख मेटिँदैन, तैपनि आफूले जे जति सक्छु त्यति नै सहयोग गर्छु भन्ने मनले केही चामल, दाल, नुन, तेल, चिया, चिनी ,चिउरा, कापी कलम सहयोग गरेको छु ।’ गुरुङका ३ छोरा र २ छोरी रहेका छन् ।
सांसद दवाडी धेरैजसो समय जनतामाझ नै रहने गर्छन् । ‘मलाई जनताले यसै क्षेत्रको विकास गर्न भनेर जिताएका हुन् त्यसैले यो ठाउँ छोड्न मन लाग्दैन’ उनले भने ‘ सानो दुःखमा पनि सहयोग गर्नुपर्छ भन्ने मेरो अभियान हो, मैले केही सहयोग गर्दा हुन्छ भने म पछि हट्दिँन ।’ सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिका ३ गमबाङमा २५ थान कुर्चीसमेत वितरण गरेका छन् । आमा समूहलाई ती सामग्री वितरण गरिएको जनाइएको छ ।
सांसद दवाडीले प्रदेशसभा सांसद भएवापत आउने आफ्नो सम्पूर्ण सेवा र सुविधा गोरखाको समाजसेवामा खर्च गर्दै आएका छन् । उनले गोरखाका ग्रामीण भेगमा पुगेर त्यहाँका समस्या बुझ्दै समस्या परेकालाई सक्दो सहयोग गर्दै आएका छन् ।
निर्वाचित भएको वर्ष १२ लाख, पछिल्लो वर्ष १० लाख रुपैयाँ सामाजिक काममा लगाएका उनले २०७६ पुसदेखि २०७७ पुससम्म ९ लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई सहयोग गरेको जानकारी दिएका छन् । आफ्नो सेवा सुविधामा पाएको रकममा व्यक्तिगत रकम थप गरेर सहयोग गर्दै आएको दवाडीले बताए । उनले आफूले निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, विकास निर्माण, शिक्षा र कृषिजस्ता विषयमा सहयोग केन्द्रित गरेको बताए ।
‘कोही बिरामी हुँदा अस्पताल पुगेको छु, कतै बाटो नहुँदा डोजर लिएर पुगेको छु, कुनै क्लब र आमा समूहलाई गाह्रो पर्दा नपुगेको ठाउँ छैन, स्कुलका बाबुनानीको किताब र कापीका पानादेखि किसानको खेतबारीसम्म मेरो सामथ्र्यले भेटेसम्म सघाएको छु’ उनले भने । दवाडी गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता छन् ।


ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





