किरियाखर्च लिएर मतदाताको घरमा पुगे सांसद दवाडी

२०७७ चैत्र १६ गते, सोमबार

काठमाडौं । ‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइहरुकै सेवाका लागि’ भन्ने नारा बनाएर राजनीतिसँगै समाजसेवामा लागेका गोरखाको क्षेत्र नम्बर २ को (२) नम्बरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले शनिबार गोरखाको पालुङटार नगरपालिकाको सिस्नेरी पुगेर स्व. शिवराम विश्वकर्माको परिवारलाई किरियाखर्च हस्तान्तरण गरेका छन् । उनले विश्वकर्माको परिवारलाई ७ हजार रुपिँया हस्तान्तरण गरेका हुन् ।
सांसद दवाडीले खर्चको अभावमा समयमा नै उपचार गर्न नसकेर उनको ज्यान गएको पनि जनाएका छन् । काजकिरियाका लागि आफ्नो तर्फबाट धेरथोक सहयोग गरेको दवाडीको भनाई छ । त्यस्तै सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिका ३ गमबाङको एक परिवारलाई खाद्यान्न र बालबालिकालाई कलम कापी सहयोग गरेका छन् । ‘पेटभरि खान नपाएर उनका लालाबाला भोकले रातभरि रोएरै बिताउँछन् भन्ने खवरले असहय पीडा भयो’ उनले फेसबुक स्टाटसमा लेखेका छन् ‘आर्थिक अभावका कारण ती बालबालिका कापीकलम नलिइकन स्कुल जाने गरेका छन् भन्ने सुनेपछि भावुक भएँ । हुन त यति थोरै सहयोगले उनीहरुको दुःख मेटिँदैन, तैपनि आफूले जे जति सक्छु त्यति नै सहयोग गर्छु भन्ने मनले केही चामल, दाल, नुन, तेल, चिया, चिनी ,चिउरा, कापी कलम सहयोग गरेको छु ।’ गुरुङका ३ छोरा र २ छोरी रहेका छन् ।
सांसद दवाडी धेरैजसो समय जनतामाझ नै रहने गर्छन् । ‘मलाई जनताले यसै क्षेत्रको विकास गर्न भनेर जिताएका हुन् त्यसैले यो ठाउँ छोड्न मन लाग्दैन’ उनले भने ‘ सानो दुःखमा पनि सहयोग गर्नुपर्छ भन्ने मेरो अभियान हो, मैले केही सहयोग गर्दा हुन्छ भने म पछि हट्दिँन ।’ सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिका ३ गमबाङमा २५ थान कुर्चीसमेत वितरण गरेका छन् । आमा समूहलाई ती सामग्री वितरण गरिएको जनाइएको छ ।

सांसद दवाडीले प्रदेशसभा सांसद भएवापत आउने आफ्नो सम्पूर्ण सेवा र सुविधा गोरखाको समाजसेवामा खर्च गर्दै आएका छन् । उनले गोरखाका ग्रामीण भेगमा पुगेर त्यहाँका समस्या बुझ्दै समस्या परेकालाई सक्दो सहयोग गर्दै आएका छन् ।
निर्वाचित भएको वर्ष १२ लाख, पछिल्लो वर्ष १० लाख रुपैयाँ सामाजिक काममा लगाएका उनले २०७६ पुसदेखि २०७७ पुससम्म ९ लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई सहयोग गरेको जानकारी दिएका छन् । आफ्नो सेवा सुविधामा पाएको रकममा व्यक्तिगत रकम थप गरेर सहयोग गर्दै आएको दवाडीले बताए । उनले आफूले निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, विकास निर्माण, शिक्षा र कृषिजस्ता विषयमा सहयोग केन्द्रित गरेको बताए ।
‘कोही बिरामी हुँदा अस्पताल पुगेको छु, कतै बाटो नहुँदा डोजर लिएर पुगेको छु, कुनै क्लब र आमा समूहलाई गाह्रो पर्दा नपुगेको ठाउँ छैन, स्कुलका बाबुनानीको किताब र कापीका पानादेखि किसानको खेतबारीसम्म मेरो सामथ्र्यले भेटेसम्म सघाएको छु’ उनले भने । दवाडी गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता छन् ।

328 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal