समाजसेवी कुँवरद्धारा सञ्चालित चक्रपथ सफाई अभियान १ सय ९८ औं हप्तामा

२०७७ चैत्र ९ गते, सोमबार

रोशन ज्ञवाली

काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरद्धारा सञ्चालित चक्रपथ सफाई अभियान १ सय ९८ औं हप्तामा पुगेको छ ।
शनिवार आयोजित सरसफाई कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै अभियन्ता कुँवरले सबैको सहयोगले अभियान यहाँसम्म आइपुगेकोमा खुशी व्यक्त गरे । ‘केही गरौं भनेर यो फोहोरी काम थालेको थिएँ, अहिले यसैमा रमाइलो लागेको छ’ उनले खुशी हुँदै भने ‘सबैको साझा प्रयासमा हामी सफल भएका छौं, आगामी दिनमा पनि अभियानले थप व्यापकता पाउनेमा विश्वस्त छु ।’ आफ्नो घर अगाडि अरु मानिसले फोहोर ल्याएर थुपारिदिन थालेपछि सबैलाई सचेत गराउने काममा लागेका उनले पछि आएर अभियान नै चलाएका हुन् ।
उनले आफ्नै स्रोत र खर्चबाट अभियान यहाँसम्म आइपुगेको स्पष्ट पारेका छन् । वाफल रिङरोडमा नै घर भएका कुँवरले कलंकीदेखि बालाजुसम्म अभियान चलाउँदै आएका छन् । हरेक शनिवार बिहान ७ बजेबाट दुई घण्टा समय निकालेर सामाजिक काममा खर्चन उनले आग्रह गदै आएका छन् । शनिवारको कार्यक्रम हजुरलाई नमस्ते परोपकारी संस्थाले आयोजना गरेको हो । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक उनले कोरोना भाइरसका कारण भएको लकडाउनमा झण्डै २ हजारलाई राहतस्वरुप चामल, दाल, आलु, तेल, नुनलगायतका सामग्री वितरण गरेका थिए ।
उनले केही दिन रक्तदान कार्यक्रमको आयोजना समेत गरेका थिए । शनिवारको कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । अभियानमा मन्त्री, पूर्वमन्त्री, सांसद, स्थानीय जन प्रतिनिधि, कलाकार, प्रहरी र सशस्त्रका प्रतिनिधिलगायतको उपस्थिति हुँदै आएको छ ।

413 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal