समाजसेवी कुँवरद्धारा सञ्चालित चक्रपथ सफाई अभियान १ सय ९८ औं हप्तामा
रोशन ज्ञवाली
काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरद्धारा सञ्चालित चक्रपथ सफाई अभियान १ सय ९८ औं हप्तामा पुगेको छ ।
शनिवार आयोजित सरसफाई कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै अभियन्ता कुँवरले सबैको सहयोगले अभियान यहाँसम्म आइपुगेकोमा खुशी व्यक्त गरे । ‘केही गरौं भनेर यो फोहोरी काम थालेको थिएँ, अहिले यसैमा रमाइलो लागेको छ’ उनले खुशी हुँदै भने ‘सबैको साझा प्रयासमा हामी सफल भएका छौं, आगामी दिनमा पनि अभियानले थप व्यापकता पाउनेमा विश्वस्त छु ।’ आफ्नो घर अगाडि अरु मानिसले फोहोर ल्याएर थुपारिदिन थालेपछि सबैलाई सचेत गराउने काममा लागेका उनले पछि आएर अभियान नै चलाएका हुन् ।
उनले आफ्नै स्रोत र खर्चबाट अभियान यहाँसम्म आइपुगेको स्पष्ट पारेका छन् । वाफल रिङरोडमा नै घर भएका कुँवरले कलंकीदेखि बालाजुसम्म अभियान चलाउँदै आएका छन् । हरेक शनिवार बिहान ७ बजेबाट दुई घण्टा समय निकालेर सामाजिक काममा खर्चन उनले आग्रह गदै आएका छन् । शनिवारको कार्यक्रम हजुरलाई नमस्ते परोपकारी संस्थाले आयोजना गरेको हो । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक उनले कोरोना भाइरसका कारण भएको लकडाउनमा झण्डै २ हजारलाई राहतस्वरुप चामल, दाल, आलु, तेल, नुनलगायतका सामग्री वितरण गरेका थिए ।
उनले केही दिन रक्तदान कार्यक्रमको आयोजना समेत गरेका थिए । शनिवारको कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । अभियानमा मन्त्री, पूर्वमन्त्री, सांसद, स्थानीय जन प्रतिनिधि, कलाकार, प्रहरी र सशस्त्रका प्रतिनिधिलगायतको उपस्थिति हुँदै आएको छ ।



ताजा

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘
२०८१ चैत्र १२ गते, मंगलवार
विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘
२०८१ चैत्र १२ गते, मंगलवार
कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप
२०८१ चैत्र १२ गते, मंगलवार
सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्
२०८१ चैत्र १२ गते, मंगलवार
चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै
२०८१ चैत्र १२ गते, मंगलवार
लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा
२०८१ चैत्र १२ गते, मंगलवार
कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन
२०८१ चैत्र १२ गते, मंगलवार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार