एउटै भेडाको ३५ किलो ऊन

२०७७ चैत्र ८ गते, आईतवार

एजेन्सी । अष्ट्रेलियाको जंगलमा एउटा अनौठो घटना घटेको छ ।
पाँच वर्षदेखि जंगलमा हराइरहेको भेडाको शरीरबाट ३५ किलो ऊन निकालिएको छ । ऊन निकाल्नुअघि उक्त भेडा झण्डै–झण्डै ऊनको गोला जस्तै भएको थियो ।
ऊन झिक्नुअगाडि यो भेडा जंगलमा यता–उता गरिरहेको थियो । जब मानिसले यसलाई देखे उनीहरुलाई यो भेडा नभएर ऊनको गोला जस्तै लागेको थियो । जब यसको ऊन निकालियो ऊन देख्दा सबै छक्क परे कारण यो ऊन झण्डै ३५ किलो थियो । भिक्टोरियन स्टेट फरेस्टमा यता उता गरिरहेको अवस्थामा मानिसको समूहले यो भेडा देखेका थिए ।
त्यसपछि यसलाई ‘एनिमल रेस्क्यू सेन्टर’ मा ल्याइएको थियो । उक्त सेन्टरमा नै भेडाको ऊन निकालिएको थियो । भेडाको ऊन निकालिएको भिडियो सोसल मिडियामा निकै भाइरल समेत बनेको थियो । ऊन निकालिसकेपछि भेडा फरक देखिएको थियो ।
विगत पाँच वर्ष देखि यो भेडा जंगलमा हराइरहेको थियो । जसका कारण उसको शरीरमा यति ऊन जम्मा भएको थियो । मिशन फर्म सेंचुरीका संस्थापक पाम अहेर्नले यति धेरै ऊन शरीरमा लिएर भेडा बाँचेकोमा विश्वास नै गर्न नसकिने बताए ।
पामका अनुसार जब यो भेडा सानो थियो त्यही बेला जंगलमा हराएको हुनुपर्छ जसका कारण पाँच वर्ष यसको ऊन काटिएको थिएन ।
शरीरमा धेरै ऊन भएका कारण भेडा राम्रो सँग हिँड्न पनि नसक्ने थियो । शायद यसको ऊन नकाटिएको भए गर्मी भएर यसको मृत्यु पनि हुनसक्थ्यो । तर, यो भेडा अहिले सुरक्षित छ र यसको हेरविचार पनि भइरहेको छ ।

409 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal