‘गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो छ’

२०७७ चैत्र ८ गते, आईतवार

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन्।
गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताए ।
उनले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट तत्काल विश्वासको मत लिनु पर्ने उल्लेख गर्दै देशको अवस्था बिग्रनुमा प्रधानमन्त्री ओलीको मात्र दोष नभएर माधव नेपाल र प्रचण्ड पनि दोषी रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विगतमा जस्तै कांग्रेसले देशलाई निकास दिने बेला आएको बताउँदै शान्ति प्रक्रियामा कोइरालाले पुर्याएको योगदानको चर्चा गरे । पूर्वसांसद लेखनाथ न्यौपाने, जिपी फाउन्डेसन भक्तपुरका संयोजक विदुरमान सिंह बस्नेतलगायतले स्व कोइरालाले शान्ति, सहमति, एकता र सहकार्यको सिद्धान्तमार्फत देशलाई निकास दिएको र उनको यो कार्यशैली अहिले पनि अनुकरणीय रहेको चर्चा गरे ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal