बल्खुमा बोरामा भेटियो महिलाको शव

२०७७ चैत्र ३ गते, मंगलवार

काठमाडौं । बल्खुको सुकुम्बासी टोलमा एक महिलाको हत्या भएको छ। सोमबार साँझ साढे ७ बजे प्रहरी पुग्दा टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा शव फेला परेको हो।
मृतक अन्दाजी ३३–३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा हुन्। उनका श्रीमान सन्तोष सापकोटा भन्ने यज्ञ सापकोटा फरार रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए।
सन्तोषीको टाउकोमा हथौडाले हानेर हत्या गरिएको उनले बताए। उनीहरू पछिल्लो समय बौद्धमा बस्दै आएका थिए। सोमबार भने उनीहरू बल्खु पुगेका थिए।
देवर तेजबहादुर सापकोटाले रगत बगेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए। शव तन्नाले बेरेर फ्लास्टिकले बेरेर फेरि बोराभित्र राखिएको थियो, प्रहरी स्रोतले भन्यो घटना अन्दाजी ५–६ बजे नै भएको हुनुपर्छ। हामीलाई करिब साढे ७ बजे खबर भयो।
उनका अनुसार उनीहरूबीच घरायसी विवाद थियो। त्यही भएर श्रीमानले हत्या गरेर फरार भएका हुन् कि भन्ने प्रहरीको आशंका छ। यद्यपि श्रीमान पक्राउ परेपछि मात्रै यसबारे थप जानकारी हुने प्रहरीले बताएको छ।
उनका श्रीमान यज्ञ सापकोटा पहिले पनि ६ महिना जेलमा बसिसकेको अनुसन्धानमा संलग्न अर्का प्रहरी अधिकृतले जानकारी दिए। अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

298 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal