एमाले नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ: पण्डित
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘यो सरकार पाँच वर्ष चल्छ । प्रतिनिधिसभाको कार्यकालभरि अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन् । आन्तरिक किचलो नेकपा एमलोभित्र अब हुँदैन् । हिजो नेकपा हुँदा जे÷जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन् । नेकपा एमाले एक ढिक्का भएर अघि बढ्ुछ । पार्टीको नेतृत्व पँक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अब एमालेका नेतृत्वहरुले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउनेबाहेक अन्य क्रियाकलापहरु नगर्ने पनि दाबी गरे । उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउनुहुनेछ । सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।’
नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिए उहाँले विश्वासको मत लिनुहुन्छ कि राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने विश्वास दिलाए । उनले भने,‘मैले नेताहरुले फिर्ता लिनुपर्छ कि भनेर सुनेको हुँ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय भएको कुरा मलाई थाहा छैन् । सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ । विश्वासको मत बहुमत पुग्नेगरि आउँछ । यो सरकार ढल्दैन् । अहिलेको अवस्थामा प्रधानमन्त्री फेरिने अवस्था देख्दिन् । विश्वासको मत लिन्छु भनेपछि राजीनामाको कुरा आएन् ।’
उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त हुनेमा आफू पूर्ण आशावादी रहेको सुनाए । नेता पण्डितले प्रतिनिधिसभा विघटनसम्म पुग्न पार्टीको आन्तरिक विवाद नै मुख्य कारण थियो भन्ने सुनाए । उनले भने,‘संसद् पूनःस्थापना भयो । अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्थितिमा पुर्यायो । अब नयाँ शिराबाट फेरि दुई पार्टी अगाडि बढ्नुपर्ने स्थिति पैदा भएको छ । दुई वटा पार्टी एक हुनसक्ने आधार छन् । तर, परिस्थितिले एक हुने सम्भावना छैन् । भविष्यको निम्ति प्रश्न थाँती रहन गएको छ ।’
उनले यसअघि नेकपाको रहेको सरकार नेकपा एमालेको सरकारमा रुपान्तरित भएको सुनाए । उनले भने,‘नेकपा एमाले फेरि पूनर्गठित हुनुपर्ने अवस्थामा पुगेको छ । नेकपा माओवादी केन्द्र पनि पूनर्गठित हुनुपर्ने अवस्थामा छ । मैले सुरुदेखि नै सार्वजनिक सञ्चारमाधयममा पनि पूनःस्थापना हुनुपर्छ भनेको थिएँ । मैले सरकारको विरोधमा अविश्वासको प्रस्ताव आउँदैन भनेको थिएँ । मैले एकताको प्रस्ताव उठाएको थिएँ ।’
पण्डितले छिट्टै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरुबीच छलफल गर्ने सुनाए । उनले भने,‘उहाँले अब पार्टीक नेताहरुका बीचमा अब छलफल सुरु हुन्छ । र, अब संसदभित्रपनि हिजो जुन पहिलो बैठकमा केही देखियो । त्यो कुरा अब हुँदैन् । र, म त अझै अगाढि बढेर भन्छु कि–सरकारलाई बलियो बनाउने सन्दर्भमा, स्थायित्व दिने सन्दर्भमा, समर्थन जुटाउने समर्थनमा, पार्टीभित्र आफ्नो भूमिकालाई केही पहिलाको विवादित समयलाई बिर्सिएर अग्रणी भूमिका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले खेल्नुहुन्छ । अब एक भएर अगाडि बढ्छौं ।’
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अब सदनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने,‘प्रतिपक्षमा रहनुभएका प्रमुख प्रतिपक्ष पनि अब नेपालको लोकतन्त्रमा, लोकतान्त्रिक प्रक्रियामा, प्रतिपक्षी भूमिकाभित्र सकारात्मक सोचका साथ अािघ बढ्नुहुन्छ । मलाई विश्वास छ । तर, छिट्टै प्रतिनिसधभा विघटन होस्, फेरि चुनाव होस, अनि खिचलो त छँदैथियो । त्यसमा च्याँखे थापेर फाईदा लिन्छु भनेर स्वदेशी तथा विदेशी शक्तिले ठान्छन् भने त्यो सपना पूरा हुँदैन् । सिल्ली सपनामात्रै हुनेछ ।’
ताजा
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवार
१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो
२०८३ भाद्र १६ गते, मंगलवार
अनिश्चितकालका लागि तातोपानी नाका बन्द
२०८३ भाद्र १६ गते, मंगलवार
सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
२०८३ भाद्र १६ गते, मंगलवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





