मतपत्र छाप्न तयारी हालतमा बस्नुस्

२०७७ फाल्गुन २५ गते, मंगलवार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाईको लागि मेशिन तयारी हालतमा राख्न निर्देशन दिनुभएको छ । जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको क्रममा मन्त्री श्रेष्ठले केन्द्रका अधिकारीलाई सो निर्देशन दिनुभएको हो ।
अब निर्वाचन गर्ने समय आएको छ, तपाईहरु तयारी रहनुस–मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया,केन्द्रका प्रबन्ध सञ्चालक अनिल झा लगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा भन्नुभयो–सबै मेहिन दुरुस्त राख्नुस । ‘सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाई गर्न थाल्नुपर्छ ।
निर्वाचन आयोगमा रहेका मेशिनहरु पनि तत्काल ल्याउने व्यवस्था मिलाउन समेत निर्देशन दिनुभएको छ । यसअघि सरकारले बैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्त सहितको टोली केन्द्रमा पुगेर निर्देशन दिएको थियो ।
मन्त्री श्रेष्ठले नजिकिदै गएको शैक्षिकसत्रको लागि समयमै पाठ्यपुस्तक छपाई गरी सम्बन्धीत क्षेत्रमा पु¥याउन समेत निर्देशन दिनुभएको छ । मैले सुनेको छु, हरेक वर्ष पाठ्यपुस्तक अभाव भएको विषय मिडियाको समाचार बन्ने गरेका छन् , यो वर्ष यस्तो विषय सुन्न नपरोस समयमै पाठ्यपुस्तक पु¥याउने विषयमा ध्यान दिनुस ।
केन्द्रले गरेको कामप्रति सन्तोष ब्यक्त गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो–आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक नपुगेको सुन्न पाइनेछैन । उहाले भन्नुभयो–पहिला दुर्गममा पुस्तक पु¥याएपछि , सुगममा पुस्तक पु¥याउने व्यवस्था गर्नुस । मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तको प्रिन्ट रेडी कपी (पिआरसि) तत्काल ल्याएर छपाई गर्ने व्यवस्था गर्न निर्देशन दिदै भन्नुभयो–कुनैपनि बहानामा पाठ्यपुस्तक नपुगेको सुन्न नपरोस ।
उहाले १–१२ कक्षाको पुस्तक छपाई जिम्मा पाएको केन्द्रले सबै तहको पुस्तक छपाई गरी बिक्रि वितरण शुरु गर्न समेत निर्देशन दिनुभएको छ ।
केन्द्रले आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ११ सम्म छपाई गर्नुपर्ने लक्ष्य १ करोड ८४ लाख ४६ हजार ९ सय ८० मध्य १ करोड ४७ लाख १३ हजार ९ सय ९९ थान छपाई पुरा गरेको छ ।
मन्त्री श्रेष्ठ र केन्द्रका अध्यक्ष एवं सचिव थपलियाले केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालय अवलोकन गर्दै अब जनकले अर्थ, यातायात, भुमी व्यवस्था तथा सहकारी लगायत सबै सरकारी निकायको गोप्य काम छपाई गर्नुपर्ने बताउनुभयो । नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको सेक्युरिटी प्रेसले धमाधम काम गर्दै आएको छ ।
उहाले आन्तरिक राजश्व विभागको स्टिकर, कक्षा १० र १२ को प्रश्नपत्र र उत्तरपुस्तिका , सिटिइभीटीको उत्तरपुस्तिका छपाईको अवस्थाबारे जानकारी लिदै यस्ता महत्वपुर्ण कामलाई तिब्रता दिन आग्रह गरेको छ ।
कार्यक्रममा शिक्षा सचिव थपलियाले आगामी शैक्षिकसत्रमा पाठ्पुस्तकको अभाव हुन नदिने दाबी गर्नुभयो । भन्नुभयो– अध्यक्षको हैसियतले म यो भन्न चाहन्छु कि आगामी आबमा पाठ्यपुस्तक अभाव हुन दिदैनौ । उहाले संस्थाको लक्ष्य र उद्देश्य पुरा गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने बचनबद्धता व्यक्त गर्नुभयो । उहाले भन्नुभयो–मन्त्रालयले मलाई नियुक्ति गरेको छ, संस्थाको लक्ष्य अनुसार काम अघि बढाउनेछु ।
उहाँले संस्थाले सुरक्षण मुद्रणालयमा थप मेशिन ल्याएर थप नया नया काम अघि बढाउने, ऋणमा रहेकामे संस्थालाई ऋणमुक्त गराउने र संस्थाको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउने बताउनुभयो ।

308 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal