मल्लाज सहकारीका महिला सदस्यलाई सहकारी सचेतना
पर्वत । अन्ताष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका महिला शेयर सदस्यहरुका लागि एक दिने सहकारी सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन तथा सामाजिक रुपमा सशक्त बनाउनका लागि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले जानकारी दिनुभयो ।
सहकारी सदस्यहरुको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र हो, अध्यक्ष अधिकारीले भन्नुभयो–सहकारीमा लागेका महिलाहरुलाई आयआर्जन गर्न, खर्च व्यवस्थापन गरी वचत गर्न तथा समुदायमा सहकार्यको भावना विकास गर्नका लागि सहकारी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका हौ ।
तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमार्फत महिलाहरुको आर्थिक विकासमा सहज वृद्धि गर्न सकिने भएकाले सहकारीहरुले महिलाको सहभागिता, नेतृत्व तथा क्षमता विकाससंगै आर्थिक अभियानमा सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साना किसान सहकारी संस्था मल्लाजका अध्यक्ष हेम कुमारी अधिकारीले महिलाहरुको राज्यका हरेक क्षेत्रमा सहभागिता बढ्दै गएकाले अबका दिनमा सहभागितासंगै सशक्तिकरणमा ध्यान दिर्ने पर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई संविधानले नै ३३ प्रतिशत सहभागिता ग्यारेण्ट गरेको अवस्थामा सबै क्षेत्रमा गुणस्तरीय र प्रभावकारी सहभागिताका लागि दवाव सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो ।
संस्थाले शनिवारदेखि नै तालिमको शुरुवात गरेको थियो । पहिलो दिन सहकारीका सञ्चालक र कर्मचारीहरुका लागि सहकारी लेखा व्यवस्थापन सम्बन्धी र दोस्रो दिन पुरुष शेयर सदस्यहरुका लागि सहकारी सचेतना तालिम सम्पन्न भएको थियो ।
तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी र सहकारी म्यानेजर्स क्लव बागलुङका अध्यक्ष दिपक राजभण्डारीले सहजीकरण गर्नु भएको छ ।
तालिम कार्यक्रम संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीको अध्यक्षता, सञ्चालक शान्ति बरुवालको स्वागत र सचिव रघुनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सञ्चालन गरेको संस्थामा साढे ३ सय जना शेयर सदस्य, ३ करोड ३० लाख शेयर रकम, वचत ११ करोड ५० लाख र ११ करोड ६२ लाख कर्जा लगानी रहेको छ ।
संस्थाले बहुउद्देश्यीय अन्तरगत १ करोडको लागि उपभोक्ता भण्डार सञ्चालन गर्न लागेको संस्थाका प्रवन्धक प्रेम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
ताजा
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
२०८२ पुष २९ गते, मंगलवार
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
२०८२ पुष २९ गते, मंगलवार
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





