मल्लाज सहकारीका महिला सदस्यलाई सहकारी सचेतना
पर्वत । अन्ताष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका महिला शेयर सदस्यहरुका लागि एक दिने सहकारी सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन तथा सामाजिक रुपमा सशक्त बनाउनका लागि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले जानकारी दिनुभयो ।
सहकारी सदस्यहरुको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र हो, अध्यक्ष अधिकारीले भन्नुभयो–सहकारीमा लागेका महिलाहरुलाई आयआर्जन गर्न, खर्च व्यवस्थापन गरी वचत गर्न तथा समुदायमा सहकार्यको भावना विकास गर्नका लागि सहकारी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका हौ ।
तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमार्फत महिलाहरुको आर्थिक विकासमा सहज वृद्धि गर्न सकिने भएकाले सहकारीहरुले महिलाको सहभागिता, नेतृत्व तथा क्षमता विकाससंगै आर्थिक अभियानमा सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साना किसान सहकारी संस्था मल्लाजका अध्यक्ष हेम कुमारी अधिकारीले महिलाहरुको राज्यका हरेक क्षेत्रमा सहभागिता बढ्दै गएकाले अबका दिनमा सहभागितासंगै सशक्तिकरणमा ध्यान दिर्ने पर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई संविधानले नै ३३ प्रतिशत सहभागिता ग्यारेण्ट गरेको अवस्थामा सबै क्षेत्रमा गुणस्तरीय र प्रभावकारी सहभागिताका लागि दवाव सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो ।
संस्थाले शनिवारदेखि नै तालिमको शुरुवात गरेको थियो । पहिलो दिन सहकारीका सञ्चालक र कर्मचारीहरुका लागि सहकारी लेखा व्यवस्थापन सम्बन्धी र दोस्रो दिन पुरुष शेयर सदस्यहरुका लागि सहकारी सचेतना तालिम सम्पन्न भएको थियो ।
तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी र सहकारी म्यानेजर्स क्लव बागलुङका अध्यक्ष दिपक राजभण्डारीले सहजीकरण गर्नु भएको छ ।
तालिम कार्यक्रम संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीको अध्यक्षता, सञ्चालक शान्ति बरुवालको स्वागत र सचिव रघुनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सञ्चालन गरेको संस्थामा साढे ३ सय जना शेयर सदस्य, ३ करोड ३० लाख शेयर रकम, वचत ११ करोड ५० लाख र ११ करोड ६२ लाख कर्जा लगानी रहेको छ ।
संस्थाले बहुउद्देश्यीय अन्तरगत १ करोडको लागि उपभोक्ता भण्डार सञ्चालन गर्न लागेको संस्थाका प्रवन्धक प्रेम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





