हाँस्य टेलिश्रृखला फोकटलालका कलाकारहरुलाई सम्मान

२०७७ फाल्गुन २० गते, बिहीबार

काठमाडौ । धनेश्वर फिल्मस् एण्ड एड्भरडाईजिङ प्रा लिले हास्य टेलिश्रृखला फोकटलाल ५०औं भाग प्रसारण भएको उपलक्ष्यमा यसका लेखक निर्देशक तथा कलाकारहरुलाई सम्मान गरेको छ । गत सोमबार काठमाडौको के एल टावर स्थित हाईभ लाउन्जमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मान कार्यक्रमको अध्यक्षता धनेश्वर फिल्मस्का अध्यक्ष एवं फोकटलालको निर्माता समिर श्रेष्ठले गरेका थिए । कार्यक्रमका अध्यक्ष श्रेष्ठले अध्यक्षको मन्तव्य सहित उपस्थित सबैलाई स्वागत गरेका थिए । स्वागत मन्तव्यको क्रममा उनले ठुला पर्दामा अभिनय गनैहरुलाई मात्र कलाकारको रुपमा नहेरी जुनसुकै साना पर्दा तथा म्युजिक भिडियोमा अभिनय गर्नेहरुलाई पनि कलाकारको रुपमा संघले हेर्नुपर्ने समेत बताएका थिए । प्रमुख अतिथि रविन्द्र खड्काले उद्घाटन मन्तव्य राख्दै फोकटलाल टेलिश्रृखलाले ५०औ भाग प्रसरण गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै कला क्षेत्रको श्रीबृद्धिमा राम्रो योगदान दिएको चर्चा गरे । साथै उनले यस टेलिश्रृखलाको प्रगति र निरन्तरताको शुभकामना प्रदान गरे । मन्तव्यको क्रममा उनले ठुला पर्दामा अभिनय गर्नेमात्र नभई साना पर्दा र म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई पनि समेटेर अघि बढ्ने बताए । कार्यक्रममा बिशेष अतिथिहरुमा कलाकार मोहन निरौला, हास्यकलाकार शिवहरी पौडेल दमन रुपाखेती, आशा खड्का, सुभाष गजुरेल रहेका थिए भने अतिथिहरुमा यो हो टेलिभिजनका संयोजक लक्ष्मीराज भण्डारी, लायन्स क्लब अफ काठमाडौ लर्डबुद्धका अध्यक्ष लक्ष्मी कट्टेल, निर्माता दिनेश दंगाल, निर्देशक खमेश श्रेष्ठ, धनेश्वर फिल्मस्का कानूनी सल्लाहाकार एवं राजनीतिज्ञ अधिवक्ता प्राणनाथ न्यौपाने, अर्थ सवाल साप्ताहिकका सह–सम्पादक योगेन्द्र चौलागाई, उद्योग व्यवसायी हरी बास्तोला उमेश श्रेष्ठ र टुकी न्युजका बदन भण्डारी रहेका थिए । कार्यक्रममा बिशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । सम्मान कार्यक्रमले आफुहरुलाई अझ हौसला र प्रेरणा मिलेको सम्मानीत कलाकारहरुले बताए । कर्मा लामाले सञ्चालन गरेको यस कार्यक्रमको मुख्य प्रायोजक क्यनभास वाईन रहेको थियो भने सह प्रयोजक यू एण्ड यू स्टोर र रिल्याक्स जोन व्यूटिपार्लर रहेको थियो । कार्यक्रमको मिडिया पार्टनर अर्थ सवाल साप्ताहिक, यो हो टेलिभिजन, रेडियो टप टाउन र टुकी न्यूज रहेका थिए ।

348 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal