काँग्रेस अहिले पर्ख र हेरको नीतिमा छः महत

२०७७ फाल्गुन १९ गते, बुधबार

काठमाडौं । नेपाली काँग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जान नहुने बताएका छन् । नेपाली काँग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्य तिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जली सभामा सह–महामन्त्री महतले कम्युनिष्ट घटकको नेतृत्वमा काँग्रेस सरकारमा जान नहुने बताएका हुन् । तर सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आए काँग्रेसले लिनुपर्ने तर्क उनले गरे । उनले काँग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसँग मिलेर सरकार बनाउनुपर्ने बताए ।
उनले भने– ‘अहिले नेपाली काँग्रेस पार्टी चाहिँ पर्ख र हेरको नीतिमा छ । यद्यपि धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौँ । २३ गते संसदको बैठक छ । बैठकको पहिलै दिन सबै टुंगिने पनि होइन । बैठकको प्रारम्भ हो । त्यसपछि कम्युनिष्ट पार्टी कसरी, दुईवटा घटक कसरी प्रस्तुत हुन्छ, त्यसलाई हेरेर नेपाली काँग्रेसले आफ्नो रणनीति बनाउनुपर्छ । अहिले नै हौसिएर फलानोसँग समिकरण गर्ने भन्यौ भने त्यो अपरिपक्व हुन्छ । त्यो गुट ओली जुट्छ कि रु त्यो पनि प्रयास भएका छन् । देशी विदेशी सबै प्रयासहरु संलग्न छन् । अहिले पार्टीले लिएको पर्ख र हेर को नीति उपयुक्त नीति छ । अब जुन बेला त्यहाँ देखिन्छ । नेपाली काँग्रेस सरकार निर्माणमा नेपाली काँग्रेसको भूमिकाको आवश्यकता पर्यो, त्यस्तो परिस्थिति आयो भने त्यसबेला नेपाली काँग्रेसले निर्णय गर्नुपर्छ । निर्णय गर्न नेपाली काँग्रेस सक्षम छ ।
नेपाली काँग्रेसको भूमिकाको आवश्यकता देखियो भने हामीले कुनै पनि कम्युनिष्ट एउटा घटकको नेतृत्वमा चाहिँ नेपाली काँग्रेस जाँदैन भन्ने मलाई लाग्छ । जानु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता छ । तर नेपाली काँग्रेसले नै जिम्मेवारी नेतृत्वको जिम्मेवारी लिनुपर्ने आवश्यकता पर्यो भने त्यो हामीले लिनुपर्छ । फलानो सँग चाहिँ गर्नुपर्छ फलानोसँग चाहिँ हुँदैन भन्ने बहस छ । नेपाली काँग्रेसको नेतृत्व जसले स्वीकार गर्छ, त्यसमा हामीले यो पक्ष ऊ पक्ष भनिरहनुपर्ने आवश्यकता छैन ।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal