कसैले हटाउन सक्छ भने हटाओस्ः प्रधानमन्त्री

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैले हटाउन सक्छ भने हटाओस् भन्दै चुनौती दिएका छन् । आज मंगलबार झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको सरकार नेपालीको लागि कम्फर्टेबल रहेको भन्दै यस्तो चुनौती दिएका हुन् । उनले आफूलाई हटाउन सजिलो नहुने पनि बताए ।
‘मलाई अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्,’ उनले भने, ‘ डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ उनले फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठक बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको परीक्षणको समय आएको पनि बताए । ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै सर्वोच्चले संसद् पुनःस्थापना गरेको थियो । ओलीले आफूले नेतृत्व गरेको सरकार नेपाली जनताको लागि कम्फर्टेबल भएको भन्दै नेकपा दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य पनि गरे ।

224 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal