आईतबार पाँचौं संस्करणको ‘र्याली अफ होप’ हुद, विश्व नेताहरुले सम्बोधन गर्ने

२०७७ फाल्गुन १५ गते, शनिबार

काठमाण्डौ । संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले यहि आईतबार पाँचौं र्याली अफ होप आयोजना गर्ने भएको छ । कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको ¥याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवादिनका लागि विश्व नेताहरू तथा नागरिक समाजका अगुवाहरु भेला हुँदैछन् । कार्यक्रममा विश्वनेताहरूले वर्तमान समयमा विश्व मानवताले झेलिरहेका चुनौतिहरूलाई सम्बोधन गर्नुका साथै शान्ति स्थापनाका नयाँ अवसरहरूका बारेमा पनि छलफल गर्नेछन् ।
यूनिभर्सल पीस फेडेरेसनकी सहसंस्थापिका डा.हाक जा हान मुनद्वारा आयोजित अनलाइन र्याली फेब्रुअरी २८ तारिख आइतबार, नेपाली समय अनुसार बिहान ७ बजे विश्वभर एकैसाथ प्रशारण हुने छ भने उक्त कार्यक्रमलाई विश्वका करोडौं दर्शकहरूले दृश्यावलोकन तथा मूल्यांकन गर्नेछन् ।
कार्क्रमलाई नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केप भेद्रेका राष्ट्रपति जोर्ज कार्लोस फोन्सेका, गुयनाका प्रधानमन्त्री मार्क फिलिप्स, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका निर्देशक डेभिड ब्यास्ली, लेसोथो राजा लेट्सी तृतीय, साउथ अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लार्क, पूर्वी टिमोरका पूर्वराष्ट्रपति छनाना गुस्माओ, गणतन्त्र भारतका पूर्वउपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, अक्सफोर्ट विश्वविद्यालय अन्तरगत खोपविज्ञानका प्राचार्य साराह गिल्बर्ट लगायत विश्वनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अद्भूत डिजिटल प्रविधि मार्फत प्रश्तुत हुने ९० मिनेटको कार्यक्रममा विश्वप्रसिद्ध कोरियाली बाल कलाकार समूह दी लिट्टिल एञ्जल्सले आफ्नो बेजोड कला प्रश्तुत गर्नेछन् ।

285 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal