लुम्बिीनी प्रदेशको सरकारको नेतृत्व लिन काङ्ग्रेस तयार– नेता खान

२०७७ फाल्गुन १२ गते, बुधबार

बुटबल । नेपाली काङ्ग्रेस संसदीय दल लुम्बीनी प्रदेशका प्रमुख सचेतक फकरुद्धीन खानले जनताको अबमुल्यन गर्ने पात्र इताहासबाटै हराउने बताए । नेकपा पार्टी भित्रको किचलोले मुलुकलाई बन्धक बनाउन नपाईने बताउदै सर्वेाच्चले गरेको फैसलाको नेपाली काङ्ग्रेसले स्वागत गरेको बतादै उनले शासन व्यक्तिको नभई विधीको हुनु पर्ने बताए । खानले संघीयता शान्ति, विकास र समृद्धिको लागि सम्पूर्ण राजनीतीक शक्तिलाई समेटेर आवश्यक परे लुम्विीनी प्रदेश सरकारको नेतृत्व लिन काङ्गे्रस तयार रहेको उल्लेख गरे ।
रिपोर्टर्स क्लब नेपाल लुम्बीनी प्रदेश कार्यलय बुटबलमा बुधवार गरेको साक्षात्कारमा नेकपा प्रचण्ड माधव पक्षका नेता प्रदेश सभा सदस्य विष्णु पन्थीले सर्वेाच्चको निर्णयले नेपाली जनताको जित भएको उल्लेख गरे । उनले जनताले अस्थिरता नचाहेको बताउदै सर्वेाच्चले मुलुकको हितमा ऐतिहासिक निर्णय गरेको बताए । अबको बाटो दलहरु मिलेर नै मुलुकलाई निकास दिनु पर्ने बताए । उनले भने राजनीतक शक्तिहरुको एकताको जरुरी रहेको बताउदै एकताले नै मुलुकलाई शान्ति र समृद्धिको बाटोमा लैजाने उल्लेख गरे । उनले भने ओलीले विधी र विधानलाई मिच्नु भएको थियो, अब त्यसबाट सच्चीनु पर्दछ । पन्थीले ओली समुहमा लागेकालाई प्रचण्ड माधव समुहमा आउन आग्रह गरे ।
त्यसै गरी ओली पक्षका नेता प्रदेश सभा सदस्य रामजी घिमीरेले सर्वेाच्चको फैसलाले प्रश्नहरु खडा गरेको बताए उनले कार्यकारीको अधिकार सर्वेाच्चले रोकनु शक्ति पृथकीकरणको व्यवस्थाको अस्वीकार गरेको बताउदै जनताको सार्वभौ सत्तालाई सर्वोच्चले चुनौती दिएको समेत उल्लेख गरे । उनले ओलीको कदमको बचाउ गर्दै ६४ प्रतिशतको बहुमत प्राप्त गरेको सरकारले संसदिय व्यवस्था अनुसार संसद विघटन गरेको बताए । उनले भने बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था हो ?
जनता समाजवादी दलका प्रमुख सहचेतक सन्तोष पाण्डेले सर्वेाच्चले गरेको निर्णयलाई स्वागत गर्दै ओली सरकारको स्वइच्छाचारी कदमले मुलुक अन्यौलको अवस्थामा आएको बताए । उनले सर्वेाच्चको आादेशले ल्ुम्बीनी प्रदेशवासीमा उत्साह आएको बताउदै अब आउने नेतृत्वले जनताको चाहाना अनुसार काम गर्नु पर्ने उल्लेख गरे । आवश्यक परे हाम्रो दल सरकार परिवर्तन गर्ने बताएका छन् ।
लुम्बिनी प्रदेश कानुन आयोगका सदस्य खुमानन्द पौडेलले अबको बाटो प्रधान मन्त्रीले १३ दिन भित्र बैठक आवाहन गरी संसद भित्रबाट विश्वासको मत लिनु पर्ने बताए । उनले बहुमतको प्रधानमन्त्रीले अन्य विकल्प हुदाहुदै संविधान विपरीत संसद विगठन गरेको हुदा सर्वोच्चले अन्य विकल्पमा जानु भनेर संसद पुर्नेस्थापना गरेको बताए ।
नेपाल बार तुल्सीपुर इजलास बुटबलका अध्यक्ष जोग बहादुर खत्रीले प्रधानमन्त्री ओलीले नैतीकताको आधारमा तत्काल राजीनामा दिई बाटो खुला गरीदिनु पर्नेमा जोड दिए । सर्वेाच्चले उचित फैसला गरेकोले मुलुकलाई अराजकताबाट बचाएको जीकिर गरे ।
सक्षरतामा बोल्दै राजनीतीक विश्लेषक घनश्याम पाठकले नेतृत्व परिवर्तनले जनताको जीवनस्तरमा खासै तात्वीक भिन्नता नहुने बताएका छन् । संसद पुनस्थापना पछि संसदको किनबेचले मुलुक सहि गतिमा नबढ्ने ठोकुवा गरे । हरेक ठाँउमा संविधान उल्लगन गरीएको बताउदै संविधान विपरीत अगाडी बढ्दा मुलुकले सहि गति नपाउने बताए ।
साक्षता कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्नन भएको थियो । कार्यक्रममा न्यूज २४ का संपादाता शिव डुम्रेललाई कानुन कल्याण परिषद् बुटवलको अध्यक्षमा निर्बाचित भएकोमा सम्मान गरीएको थियो ।

292 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal