ओली सरकारले कति विकास ग¥यो भन्ने आफ्नै ठाउँमा उभिएर हेर्नुस्ः मन्त्री अर्याल

२०७७ फाल्गुन १० गते, सोमबार

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गर्नुभएको छ । ओली सरकारले केही गरेन भन्नेहरुलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार (आज) गृहजिल्ला स्याङ्जामा त्यस्तो बताउनुभयो ।
स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलन्यास गर्दै मन्त्री अर्यालले विकास हेर्न टाढा जान नपर्ने बताउनुभएको हो । मन्त्री अर्यालले भन्नुभयो, ‘यो ३ वर्षमा विकास कति भयो आँफै उभिएको ठाउँमा हेर्नुस् । नेपालका ७५३ स्थानीय तहहरुमा विकासको गति विगत भन्दा तिब्र अगाडि छ ।’ दिनलाई रात बनाउन दुश्साहस गर्नेहरुले सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।
‘हरेक पालिकामा बृहत् खानेपानी योजना सुरु भएका छन् । यहि सरकारको कार्यकालमा देशका ३९६ स्वास्थ्य केन्द्रहरुको शिलन्यास भएका छन् ति मध्ये केही सकिए केही निर्माणाधिन छन्’, उहाँले भन्नुभयो । सहज स्वस्थ्य सेवा जनताको पहुँचमा पु¥याउन होस् वा स्वच्छ पिउने पानी घर–घरमा पु¥याउन सरकार जनतासँग प्रत्यक्ष जोडिएको मन्त्री अर्यालको भनाई थियो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिका दपुर जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको उहाँले शिलन्यास गर्नुभएको हो । २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नुपर्ने समयसीमा रहेको छ । गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माणले जिम्मा लिएको पुल पिएस र भ्याट सहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैँया ५० पैसामा सम्झौता भएको हो । १.७५ दयाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाई रहने छ । १२० मिटर लम्बाईको पुल २ स्पान रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख भिमअर्जुन कंडेलले जानकारी दिनुभयो । ओपन फाउण्डेसनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं. ४ पाल्पाले हेर्नेछ ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal