ओली सरकारले कति विकास ग¥यो भन्ने आफ्नै ठाउँमा उभिएर हेर्नुस्ः मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गर्नुभएको छ । ओली सरकारले केही गरेन भन्नेहरुलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार (आज) गृहजिल्ला स्याङ्जामा त्यस्तो बताउनुभयो ।
स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलन्यास गर्दै मन्त्री अर्यालले विकास हेर्न टाढा जान नपर्ने बताउनुभएको हो । मन्त्री अर्यालले भन्नुभयो, ‘यो ३ वर्षमा विकास कति भयो आँफै उभिएको ठाउँमा हेर्नुस् । नेपालका ७५३ स्थानीय तहहरुमा विकासको गति विगत भन्दा तिब्र अगाडि छ ।’ दिनलाई रात बनाउन दुश्साहस गर्नेहरुले सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।
‘हरेक पालिकामा बृहत् खानेपानी योजना सुरु भएका छन् । यहि सरकारको कार्यकालमा देशका ३९६ स्वास्थ्य केन्द्रहरुको शिलन्यास भएका छन् ति मध्ये केही सकिए केही निर्माणाधिन छन्’, उहाँले भन्नुभयो । सहज स्वस्थ्य सेवा जनताको पहुँचमा पु¥याउन होस् वा स्वच्छ पिउने पानी घर–घरमा पु¥याउन सरकार जनतासँग प्रत्यक्ष जोडिएको मन्त्री अर्यालको भनाई थियो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिका दपुर जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको उहाँले शिलन्यास गर्नुभएको हो । २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नुपर्ने समयसीमा रहेको छ । गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माणले जिम्मा लिएको पुल पिएस र भ्याट सहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैँया ५० पैसामा सम्झौता भएको हो । १.७५ दयाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाई रहने छ । १२० मिटर लम्बाईको पुल २ स्पान रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख भिमअर्जुन कंडेलले जानकारी दिनुभयो । ओपन फाउण्डेसनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं. ४ पाल्पाले हेर्नेछ ।
ताजा

घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
तालमेलका कारण निर्वाचन परिणाम उत्साहजनक आयोः शर्मा
२०७९ जेष्ठ ५ गते, बिहीबार
चाँनगुनारायण– ७ मा राप्रपाबाट श्रेष्ठ विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँसगढी नगरपालिकामा एमाले विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि
२०७९ जेष्ठ ४ गते, बुधबार
मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर
२०७९ जेष्ठ ४ गते, बुधबार
भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए
२०७९ जेष्ठ ४ गते, बुधबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार