पार्टी विभाजन र एकता इतिहासको पुनरावृत्तिः मन्त्री अर्याल

२०७७ फाल्गुन ९ गते, आईतवार

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विघटन कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताउनुभएको छ । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कार्य कुनै नौलो नभई इतिहासको संस्करण भएको बताउनुभएको हो ।
‘पहिलो कुरा नेकपा फुटेको छैन । पार्टी विभाजन र एकता कुनै नौलो होइन । इतिहासको पुनरावृत्ति हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘यसलाई व्यवस्थित ढङ्गले लैजान सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष लाग्नुभएको छ ।’ अहिलेको नेकपा घटनालाई व्यवस्थापन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिबद्ध भएर लागिरहेको मन्त्री अर्यालको भनाई थियो ।
निर्वाचनमा मुलुक अगाडि बढिसकेको भन्दै उहाँले पार्टी औपचारिक रुपमा नफुटेको र एउटै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आग्रह गरिरहनुभएको छ । मुलुक निर्वाचनमा अगाडि बढिसक्यो, आउनुस मिलौँ निर्वाचनमा जाऔँ, अब सडकमा होइन निर्वाचनमा तयारीमा लागौँ ।’
देशमा अशान्ति फैलाउन खोज्ने पार्टीलाई समेत संविधानको मूलधारमा ल्याउन सरकार लागिपरेको भन्दै उहाँले सिके राउतलाई ल्याइसकेको र अर्काे पार्टीलाई समेत ल्याउने प्रयास भइरहेको बताउनुभयो ।
यसैबीच स्याङ्जाको सिद्धार्थ राजमार्गसँग जोडिएका आधा दर्जन सडक पिच भएको मन्त्री अर्यालले दाबी गर्नुभएको छ । आईतबार वालिङ, भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सकड कालोपत्रे शिलन्यास गर्दै मन्त्री अर्यालले यस्तो दाबी गर्नुभएको हो ।
राजमार्गसँग जोडिएका आधा दर्जन भित्री सडकहरु यो ३ वर्षमा पिच भएको उहाँले दाबी गर्नुभएको हो । ‘हामी तथ्य, प्रमाणमा टेकेर बोल्छौँ । स्याङ्जाका आधा दर्जन भित्रि सडक पिच गरिएको छ’, उहाँले भन्नुभयो, ‘केहि हुँदैछन । विकास भएको छ । जनताले विकासको अनुभूत गरेका छन ।’
गल्याङ, चापाकोट, सडक, अर्जुनचौपारी घण्टे सडक, प्याराग्लाईडिङ स्थल स्वरेक मैदान जाने बयरघारी बगरेबजार र अर्काे वालिङ डौँवालगायतका सडक पिस भएको उहाँको भनाई छ । आइतबार नै मन्त्री अर्यालले पेलाकोट पिडिखोला सडकको समेत कालोपत्रे शिलन्यास गर्नुभएको छ ।

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal