राजसंस्था र हिन्दूराष्ट्र नेपाल पूनःस्थापनाको लागि फागुन ८ गते काठमाडौंमा विशाल जनप्रदर्शन
काठमाडौं । नेपालमा उपत्यकावासी नेपाली जनताले राजसंस्था र हिन्दुराष्ट्र नेपाल पूनःस्थापनाको लागि यही फागुन ८ गते माइतीघर मण्डलामा विहान ११ बजे विशाल जनप्रदर्शन गर्ने भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराईएको हो । उक्त कार्यक्रममा शिबसेना नेपाल सह (अध्यक्ष दिनेश कँडेल, पूनर्उत्थानवादी शक्तिका अध्यक्ष शेखरजङ्ग रायमाझी, शिवसेना नेपालकी सचिव सिर्जना वाग्ले, शिवसेना नेपाल मजदुर बिभाग अध्यक्ष मनोज सापकोटा, हिन्दु अभियन्ता चिरण वीर प्रताप खड्का, गुरु श्रीनिवास आचार्य लगायतले फागुन ८ गते गरिने जनप्रदर्शनको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै चीरन वीर प्रताप खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनतामाथि ठूलो घात गरेको टिप्पणी गरे । उनले भने,‘उच्छृंखल राजनीतिले गर्दा हामी आज आन्दोलनमा होम्मिन बाध्य भएका छौं । यो व्यवस्थाले गर्दा जनताले दुःख र कष्ट व्यहोर्नुपरेको छ । जनताको नाममा आज आन्दोलन गर्नुपर्ने बेला आएको छ। यो देश राजाले बचाएका हुन्, त्यसकारणले अब देशमा राजाको खाँचो भएको छ । देश र जनतालाई निकास दिन पार्टीबाट बाहिर निस्केर राष्ट्रिय झण्डा मुनि आएर फागुन ०८ गते माईतीघर मण्डलामा ११ः३० बजे आउन अनुरोध गर्दछु।’
त्यस्तै, दिनेश कँडेलले प्रेस विज्ञप्ती वाचन गर्दै मुलुकको राजनीतिक अवस्था कष्टकर स्थितिमा गुज्रेको सुनाए । उनले भने,‘संसद विघटन गरेर नेपाली जनताको संबिधान च्यातियो । अब हामीहरुलाई यो संविधान र व्यवस्था नै मान्य छैन । मुलुक र जनतालाई अहिले अधिनायकवादको बन्दी बनाईएको छ । फागुन ८ गते जनआन्दोलन गर्दैछौ । सबै जनालाई उपस्थित् भईदिन अनुरोध गर्दछु।’
उनले आफूहरुले अब संघिय लोकतान्त्रिक गणतन्त्र फालेर राजतन्त्र पूनःस्थापना गर्ने पनि घोषणा गरे । उनले भने,‘यो संबिधानलाई फालेर ०४७ सालको संबिधान पूनःस्थापना गर्नुपर्छ । यो आन्दोलनले संघीय गणतन्त्रको जग हल्लाउने छ। त्यो आन्दोलनले धर्मयुद्धको खाका कोर्नेछ।’
त्यस्तै, कार्यक्रममा बोल्दै सिर्जना वाग्लेले संविधान र धर्मनिरिपेक्षता नेपाल र नेपालीको हितमा नभएको स्पष्ट पारिन् ।
उनले अहिले देशको शासन सत्तामा बसेका शासकहरु देश सिध्याउन लागिपरेको पनि आरोप लगाईन् । उनले भनिन्–‘चुनाव आउँदामात्र नेताका लागि जनता हुन्छन्, जब उनीहरु सत्तामा पुग्छन् अनि जनता बिर्सन्छन् । उनीहरुको आन्दोलन सत्ता र पदका लागि मात्र भए । राजसंस्था रहेनभने यो मुलुक रहने छैन।’
अर्का वक्ता शेखरजङ्ग रायमाझीले नेपाल आफूहरुको पुर्खा राजाले आर्जेको देश भएको सुनाउँदै अहिलेका नेताहरुले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको टिप्पणी गरे । उनले भने,‘नेपाल हिजो हाम्रो पुर्खा राजाले आर्जेको देश हो। यहाँ त आज हाम्रा नेताले देश र जनतालाई झुक्काईरहेका छन् । आज देशमा दुर्भाग्यपुर्ण अवस्था छ । यो जनप्रदर्शन केपी ओली र प्रचण्डले भाडामा ल्याएका टट्टुजस्तो होईन, यी दलाललाई टँुडिखेलमा ल्याएर झुन्डाउनुपर्छ। अब सडकबाट जवाफ दिनुपर्छ यी दलालहरुलाई।’
त्यस्तै, हिन्दू अभियन्ता अभिषेक जोशीले नेपालमा एनजिओ र आईएनजिओको नाममा राजनीति गर्नेहरु रहेको सुनाउँदै अब सबै नेपाली जनता सचेत भएर अघि बढ्नुपर्ने बताए ।
उनले भने,‘हाम्रो धर्म, संस्कृति हाम्रो बाधा हुन भनेर भ्रम छर्ने काम भैरहेको छ, कतिपय आईएनजिओ÷एनजिओ र अभियन्ताका नाममा राजनीति गर्ने व्यक्तिहरु छन् । केही मिडिया संस्कृति राम्रो भन्दा पनि नराम्रो नै हुन भनेर लेखिरहेका छन् । डोनर एजेन्सीहरुले भनेका आधारमा नेताहरुले हाम्रो धर्म र संस्कृतिको मूल्य र मान्यता घटाएका छन् ।’
उनले जसले यो संबिधान बनाएको हो आज उसैलाई यो संबिधान अपाच्य भैसकेको पनि टिप्पणी गरे । उनले भने,‘अधिकारको नाममा लडाउने काम भएको छ यहाँ । राजनितिक दल नैतिकतामा बस्नुपर्यो । देश विकास किन हुँदैन त ? यो त नेताहरुको अकर्मण्यताको कारण हो । पार्टी त परै जाउन, यहाँ नेताहरु पनि फेरिएका छैनन् ।’
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





