शैक्षिक परामर्शदाताको हकहितका लागि म फेकनको अध्यक्ष हुनुपरेको छ – बासुदेव नेपाल

२०७७ फाल्गुन ४ गते, मंगलवार

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ ९फेकन० को फाल्गुण ८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि बासुदेव नेपालको समूहले उम्मेदवारी घोषणा गरेको छ ।
सम्पर्क कार्यालय बागबजारको हेलो क्याफेमा हिजो पत्रकार सम्मेलन गर्दै अध्यक्षका उम्मेदवार नेपालले २२ महिनामा २४ वटा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफूले अघि सारेका एजेण्डा केवल देखाउनका लागि मात्र नभएको पनि दाबी गरेका छन् । ‘मैले अध्यक्ष जित्नका लागि मात्र यस्ता महत्वाकांक्षी योजना ल्याएको होइन, गरेर नै देखाउँछु’ उनले भने ‘ मैले यी प्रतिबद्धता पूरा गर्न सकिन भने व्यवसायी साथीहरुले खवरदारी गर्नुहोला ।’ नेपालले यसअघि आफू फेकनको वरिष्ठ उपाध्यक्ष हुँदा पनि संस्थालाई हकहित हुने गरी व्यवसायीको पक्षमा सधैं काम गरेको बताएका छन् । उनले वर्तमान कार्याकालमा आफू अध्यक्षको स्वभाविक उम्मेदवार भए पनि एक कार्याकालका लागि सहमतिमा छोडिदिएको पनि स्पष्ट पारे ।
समूहले घोषणा गरेको २४ वटा बुँदामा व्यवसायीको लागि सरोकारवाला विभिन्न मन्त्रालयसँग समन्वय गर्ने, व्यवसायीको क्षमता बृद्धिका लागि तालिम र गोष्ठी गर्ने, संस्थालाई सबै व्यवसायीको साझा संस्थाको रुपमा विकास गर्ने, विद्यार्थीहरुको अध्ययनका लागि नयाँ देशको सही गन्तव्य र विश्वविद्यालय खोजी गर्ने, पेशालाई मर्यादित र थप विश्वसनीय बनाउने, फेकन स्थापना भएको २०६५ मंसिर २९ लाई आधार मानी हरेक मंसिर २९ गते फेकन दिवस मनाउने, उजुरी तथा सुझावलाई तत्कालै सम्वोधन गर्ने, संस्थाले अहिले गरेका राम्रा कामलाई निरन्तरता दिने योजना समेटिएका छन् । त्यस्तै व्यवसायिक सुरक्षाको लागि फेकन व्यवसायी कल्याणकारी कोषको स्थापना गरी अप्ठेरोमा परेका व्यवसायीलाई सहयोग गर्ने, फेकन सदस्यहरुको कार्यालय र व्यक्तिगत विमाको व्यवस्था गर्ने, फेकनको दायित्व र भूमिकालाई फराकिलो बनाउँदै विदेशी विद्यार्थीलाई नेपाल अध्ययन गर्न ल्याउने पहल गर्ने, कोरोनाका कारण प्रभावित व्यवसायीलाई व्यवसायिक प्रमाणपत्र राखेर राज्यसँग ५ देखि १० लाख रुपैंयाँसम्मको सहुलियत ऋण सुविधाका लागि राष्ट्र बैंकसँग पहल गर्ने पनि योजना अघि सारेको छ ।
नेपालले समयमा नै नेतृत्व हस्तान्तरण गर्ने पनि प्रतिबद्धता जनाएका छन् । २०६५ सालमा स्थापना भएको फेकनको साधारणसभाले २ वर्षका लागि अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई सचिव, एक कोषाध्यक्ष र ६ सदस्यको नयाँ नेतृत्व चयन गर्ने छ । उपाध्यक्षमा प्रज्योल बस्नेत, हेमन्तराज दुलाल, महासचिवमा विपिन केसी, सचिवमा पृथ्वीबहादुर चन्द, र अमित खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षमा अनिल शर्मा पौड्याल, र सदस्यहरुमा राजकुमार शर्मा, दिनेश न्यौपाने, दीपा लामिछाने र सुदेश पोखरेलले उम्मेदवारी दिएका छन् ।

422 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal