प्रधानमन्त्री ओलीको प्रश्न– के हो प्रतिगमन ?

२०७७ फाल्गुन ३ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्दै आफूलाई ‘प्रतिगमनकारी’ भनिएकोमा आपत्ति जनाए । उनले प्रश्न गरे– के हो प्रतिगमन ? निर्वाचन प्रतिगमन हो ?
उनले प्रतिनिधिसभा विघटन नभएको अवस्थामा पनि आगामी डेढ÷दुई वर्षमा चुनावमा जानैपर्ने संवैधानिक बाध्यता रहेको जिकिर गर्दै भने, ‘जनताका बीचमा जनादेशका लागि जाँदा प्रतिगमन हुन्छ भने कम से कम डेढ÷दुई वर्षपछि चुनाव त हुन्छ नै, चुनाव रोक्न सकिँदैन । प्रतिगमन त फेरि हुने नै भयो, प्रणालीले चुनाव गराउँछ ।’
उनले आफू निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै चुनाव गर्दा कसरी अलग बाटोमा हिँडियो भन्ने प्रश्नसमेत गरे । उनले प्रश्न गरे, ‘के मैले सधैँ शासनमा बसिरहन्छु भनेँ ? कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पल्टाउनुहुन्छ ?’
सरकार बनाउन र ढाल्न विगतमा के के गरिए भन्नेतिर आफू जान नचाहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले अहिले आफू जनताको मत लिएर सरकार बनाउन जाऔं भनेर लागिपरेको बताए ।
‘आफूले पाएको जनमतले जुन परिणाम प्राप्त गरौंला भन्ने थियो, केही तत्वहरुले त्यो परिणाम प्राप्त गर्न दिएनन्,’ उनले भने, ‘यो राजनीतिक मामिला हो, राजनीतिक प्रश्न हो, यसको निरुपण सार्वभौम सत्ता सम्पन्न जनताले नै गर्ने हो ।’

309 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal