प्रधानमन्त्री ओलीको प्रश्न– के हो प्रतिगमन ?

२०७७ फाल्गुन ३ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्दै आफूलाई ‘प्रतिगमनकारी’ भनिएकोमा आपत्ति जनाए । उनले प्रश्न गरे– के हो प्रतिगमन ? निर्वाचन प्रतिगमन हो ?
उनले प्रतिनिधिसभा विघटन नभएको अवस्थामा पनि आगामी डेढ÷दुई वर्षमा चुनावमा जानैपर्ने संवैधानिक बाध्यता रहेको जिकिर गर्दै भने, ‘जनताका बीचमा जनादेशका लागि जाँदा प्रतिगमन हुन्छ भने कम से कम डेढ÷दुई वर्षपछि चुनाव त हुन्छ नै, चुनाव रोक्न सकिँदैन । प्रतिगमन त फेरि हुने नै भयो, प्रणालीले चुनाव गराउँछ ।’
उनले आफू निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै चुनाव गर्दा कसरी अलग बाटोमा हिँडियो भन्ने प्रश्नसमेत गरे । उनले प्रश्न गरे, ‘के मैले सधैँ शासनमा बसिरहन्छु भनेँ ? कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पल्टाउनुहुन्छ ?’
सरकार बनाउन र ढाल्न विगतमा के के गरिए भन्नेतिर आफू जान नचाहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले अहिले आफू जनताको मत लिएर सरकार बनाउन जाऔं भनेर लागिपरेको बताए ।
‘आफूले पाएको जनमतले जुन परिणाम प्राप्त गरौंला भन्ने थियो, केही तत्वहरुले त्यो परिणाम प्राप्त गर्न दिएनन्,’ उनले भने, ‘यो राजनीतिक मामिला हो, राजनीतिक प्रश्न हो, यसको निरुपण सार्वभौम सत्ता सम्पन्न जनताले नै गर्ने हो ।’

250 Views

ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

फेवा महोत्सव आजदेखि

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत

२०८१ चैत्र २९ गते, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

२०८१ चैत्र २९ गते, शुक्रबार

असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal