अनावश्यक आन्दोलन

२०७७ फाल्गुन २ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक रुपमा संकटमा परेको बेला दुवै समूह शक्ति प्रदर्शनको होडबाजीमा छन् । उनीहरुले सडकलाई नै प्रयोग गर्दै आएका छन् ।
पौष ५ गते प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि नेकपामा प्रष्ट रुपमा दुई धार देखिएको छ । त्यही दिन नेकपा दाहाल–नेपाल समूहका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । प्रधानमन्त्रीले आफ्नो कदमको बचाउ गर्दै आएका छन् भने अर्को पक्षले ओलीको कदम प्रतिगामी र असंवैधानिक भएको भन्दै सडक आन्दोलनलाई अन्तिम विकल्प ठान्दै आएको छ । दुवै समूह सडकमा आएर आफूसँग बढी मान्छे भएको र आफू नै आधिकारिक पार्टी भएको दाबी गर्दैछन् तर सडकमा आएका सबै मान्छे आफ्ना हुँदैनन् भन्ने उनीहरुले बुझेका छैनन् ।
दुवै समूहले भाडाका मानिस ल्याएका छन्, उनीहरुले केवल सभामा देखिने र संख्या बढाउने मात्र गरेका छन् उनीहरुलाई किन र केका लागि सभामा आयौं भन्ने पनि थाहा छैन । पार्टीहरुले विभिन्न आश्वासन दिएर सर्वसाधारणलाई काठमाडौं ल्याएका छन् । पार्टीको आधिकारिकताको विवाद कायम रहेको बेला देखिने शक्ति प्रदर्शनलाई नै उनीहरुले निर्णायक ठान्दै आएका छन् । पार्टीका दुवै समुह सडकमा आएपछि जनता भने अन्यौलमा परेका छन् । ओलीले वैशाखमा निर्वाचन गर्ने भएकाले त्यसको प्रचारको अभियान चलाएका छन्, उता अर्को पक्षले पनि ओलीको कदमको विरोधमा नागरिकलाई चेतना बाँड्दै आएको छ ।
सभामा एकले अर्कालाई गाली गरेर आफूमात्र राम्रो बन्ने प्रयास गरेका छन् । हिजो पार्टीमा हुँदा सँगै काम गरेकाहरु आज आएर मत विभाजन भएपछि विगतका घटनाक्रमलाई पनि ल्याएर आरोप प्रत्यारोप गर्न थालेका छन् त्यसो हुँदा राजनीतिक दल र उनीहरुको आचरणप्रति मानिसको विश्वास घट्दै गएको छ ।

266 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal