सांसद दवाडीले आफूले लगाएको ज्याकेट नै फुकालेर किन लाइदिए ?

२०७७ फाल्गुन २ गते, आईतवार

काठमाडौ । गोरखाको क्षेत्र नम्बर २ को (२) नम्बरबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले हिजो आफ्नो क्षेत्रमा पुगेर स्थानीयलाई आफूले नै लगाएको ज्याकेट फुकालेर दिएका छन् ।
अजिरकोट गाउँपालिका २ पुगेका सांसद दवाडीले १०५ वर्षका कामी गुरुङलाई ज्याकेट दिएका हुन् । ‘उहाँसँग लामो कुरा गरें, मेरो मन छोयो केही नसके पनि त्यतिचाँहि गरौं भन्ने लाग्यो र आफ्नै ज्याकेट लगाइदिँए’ सांसद दवाडीले भने ‘ अहिले जाडोको बेला छ, त्यति भएपनि उहाँलाई सहयोग गर्न पाएकोमा धेरै खुशी छु ।’ सांसद दवाडीले आज त्यो वडामा स्थानीयसँग समसामयिक राजनीतिसँगै विकास निर्माणका विषयमा पनि छलफल गरेका छन् ।
उनले चालु आर्थिक वर्षमा आफ्नो तलब भत्ताबाट ९ लाख रुपैयाँ सामाजिक काममा लगाएका छन् । उनले पाउने सांसदको तलव सधैं सामाजिक काममा लगाउने गरेका छन् । उनले पदमा रहँदा भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति आर्जन गर्न खोज्ने नेताहरुलाई आफू उदाहरणीय बनेर राम्रो पाठसमेत सिकाएका छन् । प्रदेशसभा सदस्यको सपथ लिएकै दिन उनले सेवा सुविधावापत पाउने रकम आफ्नो परिवारका लागि उपयोग नगर्ने, सामाजिक काममा लगाउने घोषणा गरेका थिए । संसद बैठक भएका बेलामात्र प्रदेशको राजधानी पोखरा जाने गरेका उनी अधिकांश समय जनताको बीचमा नै हुन्छन् । ‘म त वडाध्यक्षजस्तै भएको छु, सधैं गाउँघरतिर नै हुन्छु’ उनले भने ‘अरु नेता गाउँ नै फर्केनन् निर्वाचन जितेपछि भन्ने आरोप लाग्ने गरेको छ, म धेरै गएपछि जनताले कति धेरै गाउँ आएको होला यो सांसद् भन्न थालिसकेका छन् ।’
निर्वाचित भएको वर्ष १२ लाख, पछिल्लो वर्ष १० लाख रुपैयाँ सामाजिक काममा लगाएका उनले २०७६ पुसदेखि २०७७ पुससम्म ९ लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई सहयोग गरेको जानकारी दिएका छन् । आफ्नो सेवा सुविधामा पाएको रकममा व्यक्तिगत रकम थप गरेर सहयोग गर्दै आएको दवाडीले बताए । उनले आफूले निर्वाचन क्षेत्रका नागरिकको स्वास्थ्य उपचार, विकास निर्माण, शिक्षा र कृषिजस्ता विषयमा सहयोग केन्द्रित गरेको बताए ।
‘कोही बिरामी हुँदा अस्पताल पुगेको छु, कतै बाटो नहुँदा डोजर लिएर पुगेको छु, कुनै क्लब र आमा समूहलाई गाह्रो पर्दा नपुगेको ठाउँ छैन, स्कुलका बाबुनानीको किताब र कापीका पानादेखि किसानको खेतबारीसम्म मेरो सामथ्र्यले भेटेसम्म सघाएको छु’ उनले भने । उनले ‘मेरो राजनीति समाजकै टेवाका लागि, मेरो राजनीति तपाइहरुकै सेवाका लागि’ भन्ने नारा बनाएर काम गर्दै आएका छन् ।
दवाडी गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रवक्ता छन् ।

321 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal