अब पहिराले पानी रोक्दैन
बागलुङ । बागलुङ बजारमा १६ किलोमिटर टाढाको मुहानबाट पानी आउँछ । काठेखोला गाउँपालिकाको रेशखोला र भुँदीखोला मुहानबाट आउने पानीले स्थानीयवासीको प्यास मेटाएको छ ।
हिउँदमा बिहान बेलुका पालो बाँडेर आउने पानी वर्षात्को समयमा आउने नआउने टुङ्गो हुँदैन । लामो दूरीको पाइप कहिले बाढीले बगाउने त कहिले पहिरोको समस्या । एक ठाउँमा पाइप फुटेपछि हप्ता दिन नआउने खानेपानीले बजारवासी त सधैँ समस्यामा रहदैँ आएको छ । यहाँ रहेको साविक धौलागिरि अञ्चलकै ठूलो अस्पताल, धौलागिरि अस्पतालले लामो समयसम्म पानीको हाहाकार बेहोर्दै आएको छ ।
अस्पतालका लागि जडान भएका धारामा आएको पानीले काम नचलेपछि धौलागिरि अस्पतालमा अहिले झण्डै ४० हजार लिटर पानी ट्याङ्करमार्फत ल्याउने गरिएको छ । जसको खर्च दैनिक १२ हजार आउँछ । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्पताल परिसर आसपासमै आवासको व्यवस्था छ । ८० परिवार अस्पतालको आवासमा बस्छन् ।
अस्पतालका विभिन्न विभाग, शौचालय र नियमित हातधुने धारामा मात्रै होइन, आवासमा समेत पानीको समस्या सधैँ रह्यो । अब भने रेशखोला र भुँदीखोलामा जाने पहिरो र हिउँदको समयमा मुहानमा पानी कम भएर सुकेको धाराले अस्पतालको दैनिकी नरोकिने भएको छ । पानीको समस्या समाधानका लागि धौलागिरि अस्पताल बागलुङमा बोरिङ प्रविधिबाट जमिनमुनीको पानी निकालेको छ । झण्डै २२० मिटर तल जमीनमुनिबाट अस्पतालका लागि आवश्यक पानी निकालिएको हो । बिहीबारसम्म ड्रिलिङ गर्दा जमीनमुनि पानीको राम्रो स्रोत भेटिएको अस्पताल विकास समितिले जनाएको छ ।
बोरिङ प्रविधिको पानी निकाल्दा अस्पतालले प्रयोग गर्दै आएको ट्याङ्करको पानी विस्थापित हुनेछ । सामाजिक विकास मन्त्रालयको सहयोगमा जमिनमुनिको पानी निकालेर प्रयोगमा ल्याउन लागिएको हो । पानी निकाल्ने काम सकिएकाले बाँकी संरचनाको काम अघि बढाइने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट शैलेन्द्र विक पोखरेलले बताए । डिटिएच रक ड्रिलिङले केही दिन पहिलेबाट बोरिङ खन्ने काम थालेको थियो । कम्पनीले दुई साताभित्रै २२० मिटर जमिनमुनिबाट पानी निकालेको कम्पनीका सुपरभाइजर सूर्य चिमरीयाले बताए ।
प्रतिसेकेण्ड २ दशमलव ७५ लिटर पानी निकाल्ने लक्ष्य छ । बोरिङ खन्नका लागि मात्रै मन्त्रालयले रु ४० लाख बजेट विनियोजन गरेको थियो । ुखन्ने काम १९ लाखमा हुन्छ, त्यसपछि जेनेरेटर र प्लम्बिङको काम बाँकी रकमले गर्ने होु, अस्पतालका लेखा अधिकृत झलक आचार्यले भने, ुरकम अपुग नहोला भन्ने छ, कम भए मन्त्रालयमा लेखी पठाउँछौँ ।ु
जमिन मुनिबाट आएको पानीलाई एक लाख लिटरको ट्याङ्कीमा जम्मा गरेर अस्पताल भवनमा वितरण गरिने छ । ट्याङ्की निर्माणका लागि मन्त्रालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु ४० लाख बजेट विनियोजन गरेको छ । तत्कालका लागि मौजुदा ट्याङ्कीको प्रयोग गरेर पानीको वितरण शुरु हुने अस्पताल विकास समितिले जनाएको छ । जमीनमुनिको पानी तानेपछि अस्पतालमा रहेको पानीको समस्या समाधान हुने अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताए ।
पहिले आठ इञ्च ड्रिलिङ गरेर १०० मिटर जमीनमुनि खनेपछि आकार घटाउने छ इञ्चको पाइप राखिएको कम्पनीले जनाएको छ । जमीन मुनिको पानी निकाल्दा अस्पताललाई वार्षिक २० लाख रुपैयाँ खर्च कटौती हुने सदस्य शर्माले बताए । ुट्याङ्करको पानी ल्याउँदा वार्षिक लाग्ने खर्चले मात्रै बोरिङ खन्ने काम भएको छु, उनले भने, ुअरु खर्च हुन्छ तर दुई वर्ष पानी किन्ने खर्च मात्रै अहिले लगानी गर्दा २० वर्षलाई पानीले ढुक्क हुन्छ ।ु तराईमा जमीन मुनिको पानी निकाल्ने काम सहज भए पनि पहाडमा भने चुनौतीपूर्ण मानिन्छ । यसअघि बागलुङकै चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले जमीन मुनिको पानी निकालेर प्रयोगमा ल्याएको थियो । रासस
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





