चेकजाँचका लागि दिल्ली उडे झलनाथ खनाल
२०७७ माघ ३० गते, शुक्रबार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका हुन्।
नियमित स्वास्थ्य परीक्षणका लागि खनाल भारतको राजधानी दिल्ली गएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्। दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने छ।
209 Views