भारतीय पूर्वप्रधानमन्त्री र उपराष्ट्रपतिदेखि दर्जन सांसद र कुटनीतिज्ञसँग छलफल

२०७७ माघ ३० गते, शुक्रबार

काठमाण्डौ । तीन दिने भारत भ्रमण गरेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल बिहिबार स्वदेश फर्किएका छन् । भारतमा रहदाँ अध्यक्ष ढकालले भारतका पूर्व प्रधानमन्त्री एच। डी। देवगौडा, १२ औं उपराष्ट्रपति हमिद अन्सारी, भारतीय जनता पार्टी र भारतीय कांग्रेस लगएत दर्जन सांसद, नेपालका लागि पूर्व भारतीय राजदुतहरु समेत पाँच कुटनीतिज्ञ लगायत संग भेटबार्ता तथा अन्तरक्रिया गरेका थिए । नयाँ दिल्लीमा भएको भेटहरुमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको नेता ढकालको सचिवालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री देवगौडा र पूर्व उपराष्ट्रपति अन्सारी भेट्न ढकाल उहाहरुकै निवास पुगेका थिए भने अन्य सांसद तथा पूर्व राजदुतहरु केभी राजन, मन्जित पुरी लगएत संग सांग्रिला होटेलमा छलफल गरेका भ्रमण दलमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए । ढकालले नेपाली राजदुतावासमा राजदुत निलाम्बर आचार्य संग पनि भेटेका थिए । त्यसैगरी भाजपा नेताहरु बिजय जोली, अशोक ठाकुर, आम आदमी पार्टीका युवा नेता तथा सांसद अजय दत्त लगएतले पनि नेता ढकाललाई सांग्रिला होटलमै भेटेका थिए । केहि प्रबासी नेपाली हरुपनि ढकाललाई भेट्न होटेल पुगेका थिए । भेटघाटको संयोजन परिवार दलका प्रबक्ता सन्तोष पौडेल तथा दिल्ली स्थित सामाजिक अभियन्ता कृष्ण अधिकारीले गरेका थिए ।
३ दिन सम्म दिल्लीमा भेटघाटमा पूर्ण ब्यस्त भएका नेता ढकालको क्रेज भारतमा समेत बढ्दै गएको स्पष्ट देखिन्थ्यो “एकनाथ ढकाल नेपालको मात्र नेता नभई दक्षिण एशिया र विश्व स्तरमै प्रभाव छोड्न सफल कुशल शान्तिवादी नेताको रुपमा आंफुले पाएको” इन्दिरागान्धी खुला बिश्वबिद्धालयका प्राध्यापक डा प्रमोद मेहराले बताए । ३ दिने भ्रमणको क्रममा नेता ढकालले भारतीय नेताहरु तथा कुटनीतिज्ञहरु संग गर्नु भएको कुराकानी सबै बाहिर प्रकाशन नभएपनि एक नेपाली युवानेताले बिशाल छिमेकि मित्र राष्ट्रमा विस्तार गर्नु भएको सम्पर्क र मित्रताले भने थुप्रै नयाँ आशा र सम्भावना प्रदान गरेको छ ।

319 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal