जन्मजय तिमिल्सिनाद्वारा बर्दियामा चार दर्जन नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश

२०७७ माघ २६ गते, सोमबार

रोशन ज्ञवाली
बर्दिया । बर्दियामा नेपाली काँग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ । केही दिनअघि मात्रै दर्जनौ नेकपा लगायत अन्य पार्टीका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेपछि यो श्रृंखला दिनानुदिन बढ्दै गएको छ ।
हिजो आइतबार पनि चार दर्जन भन्दा बढी नेकपा लगायत अन्य पार्टीका नेता कार्यकर्ता प्रवेश गरेका छन् । पार्टी प्रवेश गराउनेमा नेपाली काँग्रेसका पूर्व सभापति अरुण सिंह राठौर एवं नेपाली कांग्रेसका संगठन विभागका केन्द्रीय सदस्य एवम् बर्दिया ठाकुरवाबाका विशेष अतिथि युवा नेता जन्मजय तिमिल्सिनाले र वडा सभापति विजया खनालको संयुक्त क्रियाशिल भेलामा ४ दर्जन बढीलाई नेता कार्यकर्तालाई नेपाली काँग्रेस पार्टीमा प्रवेश गराएका छन् ।
गृहजिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा सम्मेलनलाई आइतबार सम्बोधन गर्दै तिमिल्सिनाले कम्युनिस्टहरूको अशंबण्डाको राजनीतिले जनताले दुःख पाएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युवा नेता तिमिल्सिनाले नेकपाको सरकारले यो मुलुकमा केही पनि नगर्ने बताए । साथै तिमल्सिनाले कम्युनिस्टहरू सत्ता चलाउन असफल र निकम्मा भएको समेत बताए ।


‘गरिवका छोराछोरीले विद्यालय देख्न पाएका छैनन् । किताव हातमा छैन । कम्युनिस्ट नेताका छोराछोरीहरू महँगो स्कुलमा पढेका छन्’, उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा पनि सरकारले केही काम गर्न सकेको छैन ।’ कम्युनिस्टहरू कमिशनमा लागेर देशलाई भ्रष्टाचारमा डुबाएको तिमिल्सिनाले आरोप लगाए ।

338 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal