झडपमा घाइते दुई पूर्वमन्त्रीलाई थप उपचारको लागि काठमाडौँ ल्याइयो

२०७७ माघ २२ गते, बिहीबार

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आयोजना गरेको आम हड्तालको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका चार जनालाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ ।
झडपमा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादवका साथै शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र नेकपा कार्यकर्ता प्रदिप साहलाई थप उपचारको लागि काठमाडौँ लगिएको हो । प्रदिप साहको अवस्था गम्भीर रहेको बताइएको छ । चारै जनालाई बुद्ध एयरको फ्लाइटबाट काठमाडौँ ल्याइएको हो ।
दाहाल–नेपाल समूहले बिहीबार गरेको बन्दमा प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुँदा दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए । जनकपुरको अवस्था तनावग्रस्त बनेपछि प्रहरीले अश्रु ग्यास तथा हवाई फायर गरेका थिए ।

310 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal