पसल खोलेको भन्दै आमा छोरीमाथि उद्दण्ड भीडले उम्लिरहेको तेल खन्याए

२०७७ माघ २२ गते, बिहीबार

विराटनगर । आमहडतालमा चिया नास्ता पसल खोलेको भन्दै विराटनगरमा आमाछोरीमाथि उम्लिरहेको तेल खन्याइएको छ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आह्वान गरेको आमहड्तालका यस्तो जघन्य घटना भएको हो । पसलमा काम गरिरहेका दुई जनामाथि उद्दण्ड भीडले तातो तेल खन्याएको हो ।
विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेका दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन्। उमालेर समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याइएको बताइएको छ । तातो तेलले पसल सञ्चालक प्रमोद साहनीकी श्रीमती ४० वर्षीया बसन्ती साहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी घाइते भएका छन्। पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो। छोरी बबिता ६ महिनाकी सुत्केरी हुन्। विराटनगर महानगरपालिका कार्यालयको गेटैअगाडि रहेको पसलमा यसरी आक्रमण भएको हो ।

355 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal