जनताको गाडी जलाएको र दुःख पाएको हेर्न गाडीमा जानुभयो है ?– प्रधानमन्त्री

२०७७ माघ २२ गते, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका माधव– प्रचण्डलाई व्यंग्य गर्दै –अरुका गाडी जलाउनुभयो, आफू गाडीमा सयर गरेर तमासा हेर्नुभयो, जनताले कति दुःख पाए, कार्यकर्ता छैनन्, आफैं उत्रिनुभयो है ? भनेर कडा आलोचना गरेका छन् ।
बिहीबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित अखिल नेपाल किसान महासंघको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समूहले बन्द गरेर जनतामाथि ज्यादति गरेकोमा आक्रोश व्यक्त गरे । उनले सो समूहलाई कानुनको पालना गर्न पनि चेतावनी दिए ।
‘बाटाको छेउमा बेच्न राखेको टमाटर तरकारी फ्याँकिएको छ,’ उनले भने, ‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन ।’
प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।’
त्यस्तै, प्रचण्डमाथि टिप्पणी गर्दै ओलीले जनताका गाडी जलाएको तमासा हेर्न आफू गाडीमा चढेर गएको बताए । ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal