विद्यार्थीलाई विदेश पठाएर कमाउँला भन्ने कहिल्यै सोचेका छैनौं – विपिन केसी

२०७७ माघ २२ गते, बिहीबार

काठमाडौं । काठमाडौंको ई हाइवे एजुकेशनल नेटवर्क प्राइभेट लिमिटेडका प्रवन्ध निर्देशक विपिन केसीले कन्सल्टेन्सी व्यवसायीको हकहितका लागि आफू प्रतिबद्ध हुने बताएका छन् ।
केसीले कन्सल्टेन्सी व्यवसायलाई सुधार गर्ने आफ्नो योजना रहेको पनि दाबी गरेका छन् । स्वतन्त्र शैक्षिक परामर्श संघ ९फेकन० को फाल्गुण ८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि तयारी भइरहँदा केसीले महासचिवको उम्मेदवारी घोषणा गरेका छन् । बासुदेव नेपालले नेतृत्व गरेको समूहबाट उनले महासचिवको उम्मेदवारी दिएका हुन् । नेपालले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । केसीले कोरोनाको कारण थला परेको कन्सल्टेन्सी व्यवसायलाई सुधार गरेर पुरानै बाटोमा फर्काउन आफू प्रयत्नरत रहेको बताए । ‘कोरोनाले हामीलाई निकै असर पारेको छ, अब कसरी व्यवसाय गर्ने भन्ने संकट छ तर पनि केही प्रयास गरिरहेका छौं’ केसीले भने ‘ हाम्राजस्ता व्यवसायीका अरु संघ संगठनसँग पनि समन्वय गरेर नयाँ योजना बनाएर जानुपर्छ भनेर मैले बारम्बार कुरा उठाइरहेको छु ।’ विद्यार्थीलाई विदेश पठाएर कमाउँला भन्ने कहिल्यै नसोचेको उनको भनाई छ ।
उनले विद्यार्थीको प्रमाणपत्र राखेर वैंकले ऋण दिने व्यवस्था सरकारले गरेजस्तै व्यवसायीको दर्ता प्रमाणपत्र राखेर ५ लाखदेखि १० लाखसम्म बैकले ऋण दिनुपर्ने व्यवस्था गर्नका लागि पनि वैंकसँग समन्वय गर्ने जनाएका छन् । केसीले व्यवसायीहरुबीच ‘घैंटो योजना’ लाई कार्यान्वयन गर्ने स्पष्ट पारेका छन् । यो योजना अन्तर्गत व्यवसायीबीच निश्चित रकम संकलन गरेर त्यो पुँजि व्यवसायीको हितमा नै आलोपालो लगानी गर्ने केसीको भनाई छ ।
केसीले व्यवसायीलाई थप आत्मनिर्भर बनाउने, विभिन्न तालिम र गोष्ठी सञ्चालन गर्ने, शिक्षा मन्त्रालयसँगको सम्वन्ध र समन्वय बढाउने, संस्थालाई आर्थिक र भौतिक रुपमा व्यवस्थापन गर्ने, अरु व्यवसायीलाई पनि आफ्नो संस्थामा आवद्धता गराउने, विभिन्न विषय पढ्न अरु देशबाट विदेशिने विद्यार्थीलाई शिक्षाको गुणस्तर वृद्धि गरी नेपाल ल्याउने वातावरण बनाउन पहल गर्नेलगायतका योजना अघि सारेका छन् । उनले राज्यले उचित वातावरण बनाएमा ‘पहिले देश अनि विदेश’ भन्ने आफूहरुको नारालाई प्रभावकारी बनाउने पनि स्पष्ट पारेका छन् ।
‘हाम्रा नेपाली विद्यार्थीलाई घर गाउँ र समाज छोडेर विदेश पठाउने हाम्रो रहर होइन, बाध्यताले उनीहरु विदेशिएका छन् सरकारले पनि यस विषयमा ध्यान दिन सकेन’ उनले भने ‘ बाहिर गएर भविष्य बनाउँछु भन्ने विद्यार्थीलाई रोक्न सकिँदैन , सरकारले शिक्षाको गुणस्तरमा वृद्धि गरे ती विद्यार्थी नेपालमै पढ्नेमा ढुक्क हुन सकिन्छ ।’ केसीले वुद्धिज्म, जलवायु परिवर्तन, आयुर्वेद, मेडिकललगायतका विषय पढ्न बाहिरका विद्यार्थी नेपाल भित्र्याउन सकिने जनाएका छन् ।
१२ वर्षअघि स्थापना भएको फेकनको साधारणसभाले २ वर्षका लागि अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई सचिव, दुई कोषाध्यक्ष र ६ सदस्यको नयाँ नेतृत्व चयन गर्ने छ ।

229 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal