भारत जान थाले नेपाली गैँडा

२०७७ माघ २२ गते, बिहीबार

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्‍जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्‍जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई वटा गैँडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैँडा भारतको वाल्मीकी टाइगर रिजर्बमा पुगेका छन् ।
बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारतर्फ जाने खतरा बढेको बताए । उनका अनुसार निकुञ्‍जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैँडा रहेका छन् । ‘पश्चिमी क्षेत्रका गैँडालाई निकुञ्‍जको पूर्वी भागमा स्थानान्तरण गरिएन भने भारततर्फ जाने खतरा बढेर गयो’ उनले भने ।
नेपालमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका अधिकांश घडियाल गोही भारत जाने गर्दछन् । यसैगरी यहाँका गैँडा भारततर्फ जाने खतरा बढेको उनको भनाइ छ । विसं २०७४ मा आएको बाढीले निकुञ्‍जमा ठूलो सङ्ख्यामा बगाएर गैँडा भारत पुर्‍याएको छ ।
उक्त समयमा भारतीय पक्षसँग समन्वय गरेर ११ वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि पछिल्लो समय भारतले ल्याउन नदिएपछि अझै त्यहाँ गैँडा रहेका छन् ।निकुञ्‍जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थान राम्रो हुन नसक्दा गैँडा पश्‍चिम क्षेत्रमा केन्द्रित हुँदै गएका हुन् । निकुञ्‍जले विगतका वर्षदेखि नै गैँडा पश्‍चिमबाट पूर्वमा ल्याउने जनाउँदै आएको भए पनि ठोस काम हुन सकेको छैन । बराल अब गैँडा पूर्व ल्याउनैपर्ने बताउँछन् । निकुञ्‍जभित्रको बासस्थान थप व्यवस्थित गरेर गैँडा स्थानान्तरण नगरे क्रमशः भारततर्फ जाने उनको भनाइ छ ।‘आन्तरिक रुपमा निकुञ्जभित्र बासस्थानको व्यवस्थापनमा अरु बढी जुट्नुपर्ने देखिएको छ’ उनले भने ।
निकुञ्‍जको पश्चिमी क्षेत्रमा एकै ठाउँमा धेरै गैँडा हुँदा खानाको अभाव हुने, एकआपसमा जुधेर मर्ने समस्या पनि देखिएको छ । पोथीसँगको प्रजननको समयमा भाले गैँडा एकआपसमा जुध्ने गर्दछन् । निकुञ्‍ज भारतीय सीमा क्षेत्रमा पर्दछ । भारततर्फ वाल्मीकी टाइगर रिजर्व छ । यहाँका पाटेबाघलगायत अन्य वन्यजन्तु पनि भारत जाने आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा राज्य र दातृ निकायले ठूलो लगानी गरेको भए पनि भारततर्फ जाने समस्याबारे हालसम्म कुनै ठोस काम हुन सकेको छैन । नेपालका निकुञ्जमा गत वर्ष गैँडा गणना गर्ने भनिए पनि कोरोना प्रभाव देखिएसँगै रोकिएको छ । यस वर्ष गैँडा गर्ने तयारी भइरहेको छ । सन् २०१५ को गणनामा नेपालमा ६४५ गैँडा रहेकोमा यहाँ ६०५ गैँडा रहेका थिए । रासस

338 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal