भारत जान थाले नेपाली गैँडा

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई वटा गैँडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैँडा भारतको वाल्मीकी टाइगर रिजर्बमा पुगेका छन् ।
बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारतर्फ जाने खतरा बढेको बताए । उनका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैँडा रहेका छन् । ‘पश्चिमी क्षेत्रका गैँडालाई निकुञ्जको पूर्वी भागमा स्थानान्तरण गरिएन भने भारततर्फ जाने खतरा बढेर गयो’ उनले भने ।
नेपालमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका अधिकांश घडियाल गोही भारत जाने गर्दछन् । यसैगरी यहाँका गैँडा भारततर्फ जाने खतरा बढेको उनको भनाइ छ । विसं २०७४ मा आएको बाढीले निकुञ्जमा ठूलो सङ्ख्यामा बगाएर गैँडा भारत पुर्याएको छ ।
उक्त समयमा भारतीय पक्षसँग समन्वय गरेर ११ वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि पछिल्लो समय भारतले ल्याउन नदिएपछि अझै त्यहाँ गैँडा रहेका छन् ।निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थान राम्रो हुन नसक्दा गैँडा पश्चिम क्षेत्रमा केन्द्रित हुँदै गएका हुन् । निकुञ्जले विगतका वर्षदेखि नै गैँडा पश्चिमबाट पूर्वमा ल्याउने जनाउँदै आएको भए पनि ठोस काम हुन सकेको छैन । बराल अब गैँडा पूर्व ल्याउनैपर्ने बताउँछन् । निकुञ्जभित्रको बासस्थान थप व्यवस्थित गरेर गैँडा स्थानान्तरण नगरे क्रमशः भारततर्फ जाने उनको भनाइ छ ।‘आन्तरिक रुपमा निकुञ्जभित्र बासस्थानको व्यवस्थापनमा अरु बढी जुट्नुपर्ने देखिएको छ’ उनले भने ।
निकुञ्जको पश्चिमी क्षेत्रमा एकै ठाउँमा धेरै गैँडा हुँदा खानाको अभाव हुने, एकआपसमा जुधेर मर्ने समस्या पनि देखिएको छ । पोथीसँगको प्रजननको समयमा भाले गैँडा एकआपसमा जुध्ने गर्दछन् । निकुञ्ज भारतीय सीमा क्षेत्रमा पर्दछ । भारततर्फ वाल्मीकी टाइगर रिजर्व छ । यहाँका पाटेबाघलगायत अन्य वन्यजन्तु पनि भारत जाने आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा राज्य र दातृ निकायले ठूलो लगानी गरेको भए पनि भारततर्फ जाने समस्याबारे हालसम्म कुनै ठोस काम हुन सकेको छैन । नेपालका निकुञ्जमा गत वर्ष गैँडा गणना गर्ने भनिए पनि कोरोना प्रभाव देखिएसँगै रोकिएको छ । यस वर्ष गैँडा गर्ने तयारी भइरहेको छ । सन् २०१५ को गणनामा नेपालमा ६४५ गैँडा रहेकोमा यहाँ ६०५ गैँडा रहेका थिए । रासस
ताजा

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
एयर इन्डिया दुर्घटनाः कम्तीमा २९० को मृत्यु
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अनेरास्ववियु निर्वाचनः अध्यक्षमा कडरिया निर्वाचित
२०८२ जेष्ठ ३० गते, शुक्रबार
इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
तीनकुने घटनाः दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान
२०८२ जेष्ठ २९ गते, बिहीबार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार